बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अतिक्रमित संरचनामा धनगढी उपमहानगरको डोजर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अतिक्रमित संरचनामा धनगढी उपमहानगरको डोजर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउने अभियान तीव्र पारेको छ । विसं २०२१ को नापीलाई आधार मानेर उपमहानगरपालिकाले अतिक्रमण क्षेत्र खाली गराइरहेको हो । पहिलो चरणमा धनगढीको डुवान क्षेत्रलाई प्राथमिकतामा राखेर अतिक्रमण क्षेत्रमा डोजर लगाइरहेको उपमहानगरपालिकाले जनाएको छ । धनगढीको बढी डुवान हुने क्षेत्र वडा नं १ २, ३, ५, ७ का बजार क्षेत्रमा अभियानका रुपमा खाली गराइरहेको उपमहानगरपालिका प्रमुख गोपाल हमालले बताए ।
“पहिलो चरणमा धनगढीको मुख्य बजार क्षेत्रमा पानीको बहाव नै रोकिने गरी भएको सार्वजनिक क्षेत्रमा डोजरले खाली गराउने काम भइरहेको छ”, प्रमुख हमालले भने, “यो अभियान १९ वडामा पाँचै वर्ष सञ्चालन हुनेछ ।”

उनले उपमहानगरभित्र रहेका नाला, खोला, ताल, नदी क्षेत्र जो सुकैले अतिक्रमण गरेको भए पनि हटाउने बताए । “धनगढीको सबैभन्दा ठूलो समस्या डुबान हो । यसको समाधान गर्ने हो भने खोलानालालाई प्राकृतिक बहावमा फर्काउनुपर्छ,” उनले भने, “अतिक्रमण नहटाएसम्म डुबानको समस्या समाधान हुन सक्दैन ।”

उपमहानगरले पूर्वसूचना दिएरै अतिक्रमण हटाउन सुरु गरेको हो ।

प्रमुख हमालले अतिक्रमण हटाउन सहयोग गर्न नगरवासीलाई आग्रह गरेका छन् । उनले २०२१ सालको नापी नक्सा अनुसार खोलानालाको बहाव फकाइने बताए । “सार्वजनिक ताल, खोलानाला, कुलो मिचेर व्यक्तिगत संरचना बनाएका केही सीमित व्यक्तिका कारण सम्पूर्ण नगरवासीले हरेक वर्ष डुबानको सास्ती व्यहोर्नु कुनै पनि हालतमा सामाजिक न्याय हुन सक्दैन”, मेयर हमालले भने।

धनगढी बजार क्षेत्रमा सबैजसो खोलानाला अतिक्रमणको चपेटामा छन् । अतिक्रमणले पानीको बहाव थुनिने भएकाले क्षणभरको वर्षामै धनगढी डुबानमापर्ने गरेको छ । बर्खायाममा धनगढीका दर्जनौँ बस्ती डुबानमा पर्छन् । धनगढी मुख्य बजार क्षेत्र भएर बग्ने सुकुटी नाला, कैलाली नाला, सेतोपुल खोलालगायत सबैजसो खोलानाला अतिक्रमण गरेर घरलगायतका संरचना निर्माण गरिएका छन् ।

उपमहानगरले वडा नं ७ मा रहेको कित्ता नम्बर ४ को सड्वा बाबा तालको अतिक्रमण हटाएको छ । साढे नौ कट्ठा क्षेत्रफलमा फैलिएको सडुवा बाबा तालमा घर बनाउन हालिएका ५६ पिलर उपमहानगरले डोजर लगाएर भत्काएको जनाएको छ । सार्वजनिक ताल खाली गर्नु राम्रो भए पनि धनगढीका सबै अतिक्रमण गरिएका ताल खाली गर्नुपर्ने तालमा पिलर खडा गरेका रामसेवक रानाले बताए ।

सड्वा बाबा तालमा २०७७ को फागुनमा रामसेवक रानाले पिलर हालेर घर बनाउने प्रयास गरेका थिए । यो तालमा अन्य व्यक्तिले पनि पक्की तथा कच्ची घर बनाएका छन् । घर बनाएर बसेकालाई उपमहानगरले ताल खाली गर्न केही समय दिने जनाएको छ ।

वडा नं ७ मा रहेका मनिया ताल, आटा गडैया ताल, सकेला ताल, भानुचोकमा रहेको लम्बा ताल पनि अतिक्रमण गरिएको स्थानीयले बताएका छन् । उपमहानगरको वडा नं ३ केदारटोलमा अतिक्रमित भएको खल्ला क्षेत्र खाली गराएको छ । सार्वजनिक क्षेत्र अतिक्रमण हुँदा बर्खायाममा एक घण्टा पानी पर्दा जलमग्ने हुने समस्या छ । डुवान समस्या न्यूनीकरणका लागि अतिक्रमण क्षेत्र खाली गराउनुपर्ने स्थानीयको माग छ ।

साविकका खोलानाला अतिक्रमणको चपेटामा पर्दा नक्सा पनि बाँकी नरहेको स्थानीय शिवदत्त भट्टले बताए । रासस

यो पनि पढ्नुहोस्

नेपाल निर्माण र निर्माताबारे एक संक्षिप्त टिप्पणी !

वर्तमान नेपालका पार्टीएकता र फुटका सम्बन्धमा

१३ मिनेट अगाडि
नेपालको राजनीति केवल पदमा लागि मात्रै केन्द्रित

नेपालको राष्ट्रिय सुरक्षा अत्यन्त कमजोर

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

खापुङकाे विदेश भ्रमण रोक

सुनकाे भाउ बढ्याे

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

खापुङको बिदाइमा गृहमन्त्री अर्याल

कश्मीरमा प्रहरीको कडाइ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक