काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छ। महाअभियानले काठमाडौंको नयाँ बानेश्वरमा प्रर्दशन गरेकाे हाे।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ। महाअभियानले आर्थिक अन्याय र बेथितिविरुद्ध काठमाडौंमा पनि प्रदर्शन गरेकाे कार्यक्रममा हजाराैंकाे उपस्थित थियाे ।
अभियानले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषयमा अपिल गरेको छ।