आइत, कार्तिक १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपतिका उमेदवार नेम्वाङले रास्वपाका सभापति लामिछानेलाई भेटे

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
राष्ट्रपतिका उमेदवार नेम्वाङले  रास्वपाका सभापति लामिछानेलाई भेटे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले)बाट राष्ट्रपतिका उमेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ ।

बिहीबार एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसद्मा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रमस्वरुप नै रास्वपा सभापति लामिछानेसँग भेट गरेको हो । 

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उमेदवार दिएका नेम्वाङलाई सहयोग गर्नेकुरा भनाइबाट बुझेको बताए ।

यसबेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको भन्दै उनले रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्नेकुरा राखेको बताए । 

“संविधानसभा अध्यक्षको रुपमा र सभामुखको रुपमा सफल रुपमा भूमिका खेल्नुभएको सुवासचन्द्र नेम्वाङलाई हामीले मतदान गर्न आग्रह गर्दै रास्वपा अध्यक्ष रवि लामिछानेलाई भेटेका हौँ । राष्ट्रिय सहमति जसरी मुलुकले खोजिरहेको छ त्यसलाई सहमतितर्फ फर्काउनसक्ने हिसाबले उहाँ सक्षम हुनुहुन्छ । अध्यक्ष लामिछानेले सुवासचन्द्र जत्तिको मान्छे मुलुकले कम नै पाउँछ, यो एउटा मौका हो भन्नेकुरा उहाँले गर्नुभयो,” सचिव भट्टराईले भने, “पार्टीको आन्तरिक छलफलबाट निर्णय गर्छु भन्नुभएको छ । उहाँको भनाइ र बडी ल्याङ्ग्वेजबाट हामी यो बुझ्छौँ कि राष्ट्रपतिमा रास्वपाको मत हामीलाई आउँछ ।”

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको बताए । 

“पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ । उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शंका छैन । निर्णय आज नै गर्न सकिँदैन,” ढकालले भने, “केन्द्रीय समिति र संसदीय दलको बैठकमा राख्छौँ र त्यहाँ निर्णय हुन्छ । पुस १० को सहमतिको हामी साक्षत छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ ।”

महामन्त्री ढकालले पुस १० गतेको सहमति आफूहरुले मनन् गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्नेकुरामा आफ्नो पार्टी रहेको बताए । राष्ट्रपति निर्वाचन नजिकिएसँगै उमेदवारहरु सांसदहरुलाई भेट्नेक्रममा व्यस्त छन् । 

यो पनि पढ्नुहोस्

नबिल बैंकले ११ प्रतिशत लाभांश घोषणा

नबिल बैंककाे खुद नाफा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ

२४ मिनेट अगाडि
ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

सभापति थापाले सरकारको नियतमाथि उठाए प्रश्न

४३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

जर्मनीको फ्याङ्कफर्ट शहरमा लुटपाट

रास्वपामा उम्मेदवार छनोट प्रक्रिया अघि बढ्याे

यस्ताे छ माैसम आज

गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक