शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उम्मेदवार मनोनयन शुल्क अत्यधिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
उम्मेदवार मनोनयन शुल्क अत्यधिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । कपिलवस्तु जिल्लाका केही सामुदायिक विद्यालयले व्यवस्थापन समितिको निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क अत्यधिक तोकेका छन् ।

जिल्लाको तौलिहवामा रहेको रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय र महारागञ्ज नगरपालिका–२ मा रहेको भद्र माध्यमिक विद्यालयले व्यवस्थापन समितिको निर्वाचनमा उम्मेदवार बन्न चर्को शुल्क लिएका हुन् ।

रत्न राज्य माविको व्यवस्थापन समितिमा उम्मेदवार हुन १५ हजार रुपैयाँ धरौटी रकम राख्नुपर्ने व्यवस्था गरिएको छ । यही फागुन १८ गते मनोनयन पत्र दर्ताको कार्यतालिका छ । उम्मेदवार बन्न १५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने नियमले विपन्न अभिभावकलाई प्रतिस्पर्धामा उत्रिन कठिन भएको कतिपय अभिभावक बताउँछन् ।

यस्तै, भद्र माध्यमिक विद्यालयमा पनि व्यवस्थापन समितिको उम्मेदवार बन्न १५ हजार रुपैयाँ नै मनोनयन शुल्क तोकिएको छ । उक्त रकम फिर्ता नहुने जनाइएको छ ।

यो निर्णय विद्यालय व्यवस्थापन समिति सदस्यहरूको छनौट सहयोग समितिले फागुन ५ गते गरेको जनाइएको छ । छनौट समितिको संयोजकमा नगरपालिकाकै शिक्षा अधिकृत संयोजक रहने व्यवस्था छ ।

यो व्यवस्थाले विपन्न अभिभावकहरू उम्मेदवार बन्नबाट वञ्चित हुने निश्चित भएपछि आफूहरुले विरोध गरेको स्थानीय अभिभावक रामलौटन चौधरीले रातोपाटीलाई बताए ।

तौलिहवा नगरपालिकाका शिक्षा अधिकृत युवराज भुसालले यहाँका सबै विद्यालयको अभ्यास नै यस्तै रहेको भन्दै निर्णय परिवर्तन गर्न कठिन हुने बताए ।

यता महारागञ्ज नगरपालिकाका शिक्षा संयोजक हरि प्रसाद ज्ञवालीले चर्को मनोनयन शुल्क लिएको विषयमा आफूलाई जानकारी नभएको बताए ।

उनले अभिभावकको हक अधिकार सुनिश्चित हुने गरी नीति सङ्गत निर्णय हुनुपर्ने बताउँदै त्यस विषयमा थप बुझ्ने जानकारी दिए ।

शिक्षालाई सर्वसुलभ र सबैको पहुँचमा पु¥याउने उद्देश्यले सरकारले सरकारी विद्यालयमा निःशुल्क शिक्षा अभियान चलाए पनि व्यवस्थापन समितिमा जान चर्को शुल्क तोकिएपछि नीतिगत रूपमा प्रश्न खडा भएको शिक्षाविद् तथा रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताए ।

उनले यसरी उम्मेदवार बन्न धेरै शुल्क लिने भएपछि समितिमा जान खोज्नेहरुको नियतमाथि नै प्रश्न उठ्न सक्ने बताए । सबै अभिभावकको हक सुनिश्चित गर्ने वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिए ।

शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समितिको तीन वर्षे अवधि सकिनुपूर्व नै कम्तीमा सात दिनको सूचना दिई अवधि सकिएको लगत्तै अर्को विद्यालय व्यवस्थापन समितिको गठन गर्न अभिभावकको भेला गराउनु पर्ने उल्लेख छ । कपिलवस्तुको रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय सामुदायिक विद्यालयमा नमुना विद्यालयको रूपमा जिल्लामा परिचित छ । भद्र माध्यमिक विद्यालय पनि राम्रो विद्यालय मानिन्छ ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

३ घण्टा अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक