काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भैंसेपाटीस्थित गौतम निवासमा पुग्नु भएको छ ।
दुबै पार्टीका अध्यक्षबीच पार्टी एकता सम्बन्धमा सम्वाद भएको छ । ओलीले राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रिय सभा सदस्यसमेत रहनु भएका गौतमलाई सघाउन समेत अनुरोध गर्नु भएको थियो । पार्टी एकता सम्बन्धमा दुबै अध्यक्षबीच सकारात्मक सम्वाद भएको छ । दुबै पार्टीले आन्तरिक गृहकार्य गरी थप सम्वाद गर्ने सम्झदारी भएको बुझिएको छ ।


