बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

‘प्रेमा अहिलेसम्म बनेका प्रेमकथाभन्दा फरक छ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
‘प्रेमा अहिलेसम्म बनेका प्रेमकथाभन्दा फरक छ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ चैत १७ अर्थात मार्च ३१ बाट रिलिज हुँदैछ । गोविन्द सिंह भण्डारी निर्देशित फिल्म प्रमुख कलाकारहरु शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।

फिल्ममा गोविन्द र विवेक घिमिरेको लगानी छ । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने विवेक फिल्म ‘चिनी कम रङ कडा’ का निर्देशक समेत हुन् । विवेक नेपालमा नेपाली कथा खोज्न मन पर्ने भएकाले ‘प्रेमा’मा लगानी गरेको बताउँछन् । ‘विदेशमा पनि नेपाली कथाहरु भेटिन्छन् । तर नेपालमा जस्तो नेपाली कथाहरु भेटिँदैन’, उनी भन्छन् ।

सन् ८० र ९० को दशकबीचमा हुर्किएका विवेकको सम्झनामा त्यो समयमा मनोरञ्जनका लागि धेरै विकल्प थिएनन् । ‘बाल्यकालदेखि नै फिल्म हेरेर रमाउँथे । त्यही समयदेखि फिल्म निर्माण सम्बन्धी अध्ययन गर्छु भनेर प्रण लिएँ । जुन प्रणलाई डिग्रीमार्फत पुरा गरें’, विवेकको भनाइ छ ।

विवेक ‘प्रेमा’को नौलो स्क्रिप्टले आफू तानिएको दाबी गर्छन् । उनले स्क्रिप्टपछि निर्देशक गोविन्दको काम गर्ने शैलीबाट आफू प्रभावित भएकाले पनि फिल्मसँग जोडिएको बताए ।

‘गोविन्दजी र मैले पहिला ‘चिनी कम रङ कडा’मा सहकार्य गरिसकेका थियौं । मलाई फिल्म निर्माणमा चासो पहिलादेखि नै थियो । मेरो अगाडि प्रेमाको स्क्रिप्ट आएपछि त्यसको कथावस्तुले लगानी गर्न आकर्षित गर्यो’, विवेकले भने ।

विवेकलाई सबै जनराका फिल्म मन पर्छ । त्यहीकारण उनी एक्सन, प्रेमकथा, कलात्मक र सांगीतिक फिल्म हेर्न छुटाउदैनन् । उनी राम्रो जनराको कन्सेप्टमा स्क्रिप्ट आउँदा लगानी गर्न उत्साहित हुन्छन् ।

विवेकका अनुसार उनले ‘प्रेमा’लाई अमेरिकासहित विश्व बजारमा रिलिजको तयारी गरिरहेका छन् । ‘हामीले यसका बारेमा योजना र रणनीति बनाइसकेका छौं’, उनी भन्छन् ।

विवेक ‘प्रेमा’को कास्टिङ क्रु, स्क्रिप्ट, प्राविधिकसँग सन्तुष्ट छन् । आफ्नो फिल्मको स्क्रिप्ट, कन्सेप्ट र छायाङ्कनसँगै निर्देशक गोविन्दको कामले पनि अहिलेसम्म बनेका प्रेमकथाका फिल्म भन्दा ‘प्रेमा’ फरक रहेको दाबी गर्छन् ।

उनले नेपाली फिल्म निर्माताले गुणस्तरीय फिल्ममा ध्यान दिन सके नेपाली फिल्मलाई विश्वबजारमा पु¥याउन कुनै समस्या नहुने बताए । उनको अनुभवमा पछिल्लो समय विशेषत गैर आवासीय नेपालीहरुले नेपाली फिल्मप्रति चासो देखाइरहेकाले यसलाई फिल्मकर्मीले अवसरका रुपमा लिनुपर्ने सुझाव छ ।

यो पनि पढ्नुहोस्

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे सानदार जित

३१ सेकेन्ड अगाडि
देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा बैठक अहिले बस्दै

सम्पत्ति विवरण असार मसान्तसम्म बुझाउन सकिने

मन्त्रिपरिषद् विस्तार जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक