शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार समाज

आरन व्यवसाय विस्तारै लोप हुन थाले

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आरन व्यवसाय विस्तारै लोप हुन थाले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । म्याग्दीका ग्रामीण भेगमा परम्परागतरूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । आयातित कृषि औजार तथा हातहतियारको बढ्दो प्रयोग हुनुका साथै धेरै मिहिनेतमा कम आम्दानी हुने हुँदा नयाँ पुस्ताले आरन पेसा छोड्दै जान थालेपछि विस्तारै यो पेसा लोप हुने अवस्थामा पुगेको हो ।

बजारमा आधुनिक प्रविधिको प्रयोग गरी खुलेका कृषि औजार केन्द्रमा निर्माण भएका कृषि औजारका तुलनामा गाउँमा परम्परागत आरनबाट निर्माण गरिने औजार तथा हातहतियार महँगा हुने र बढी समय लाग्ने भएकाले पनि परम्परागत कृषि औजारको महत्वमा कमी आएको आरन व्यवसायीको गुनासो छ ।

गाउँघरमा प्रयोग गरिँदै आएका हँसिया, बञ्चरो, कोदाली, फाली जस्ता हतियार विस्तारै लोप हुँदै गएको बेनी नगरपालिका–२ का आरन व्यवसायी कर्णबहादुर विक बताउछन् । “केही वर्षअघिसम्म परम्परागत आरनमा बनाइएका कृषि औजार र हातहतियारको प्रयोग बाक्लै हुन्थ्यो, बजारमा कृषि औजार र हातहतियारका साधन पाइँदैन्थ्यो, केही खर्च दिएर हँसिया, बञ्चरोजस्ता घरायसी हतियार बनाउन स्थानीयको चाप हुने गर्दथ्यो”, उनले भने, “अहिले समय फेरियो, बजारमा कृषि औजार कारखाना खुले, बजारमा उत्पादित सामानले हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको हो ।”

यातायातको सहज पहुँच र आधुनिक कृषि औजारको प्रयोगका कारण विस्तारै गाउँघरमा परम्परागतरूपमा चलिआएको पेसा पनि लोप हुने स्थितिमा रहेको मङ्गलाका ७२ वर्षीय धनबहादुर विश्वकर्माले बताए । मालिका गाउँपालिका–५ का तीर्थबहादुर बुढाले यस्ता पुराना पेसालाई संरक्षण गरेमा स्थानीयस्तरका स्रोतसाधनको पनि भविष्यमा राम्रो अवस्था हुने बताए । गाउँघरमा भएका साधन, स्रोत र सीपलाई प्रयोगमा ल्याउँदा दिगो र टिकाउ हुने बुढाको भनाइ छ ।

पुख्र्यौंली सीप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केही नभएकाले पनि यसै व्यवसायमा दिन काट्नुपरेको ज्यामरुककोटका खड्गबहादुर विकको भनाइ छ । “मैले बुबासँग हँसिया, बञ्चरो बनाउने सीप सिकेकाले पनि अहिले मलाई अन्य केही आम्दानीको स्रोत नभए पनि यो सीप काम लागेको छ”, उनले भने, “त्यसैले पुख्र्यांैली पेसा र सीपलाई बचाइ आम्दानीको स्रोत बनाउन मेरा परिवारलाई सम्झाउँदै आएको र यसैलाई आफ्नो रोजीरोटीका रूपमा लिँदै आएको छु ।”

पहिलेपहिले यसै पेसाले घरपरिवारलाई एक गास खुवाउन सहयोग पुगेको थियो भने जनसङ्ख्या वृद्धि र बेरोजगारीको समस्याले गर्दा गाउँघरका अन्य समुदायको हँसिया, बञ्चरो बनाउँदा बर्सेनि एक घरले एक–दुई पाथी मकै वा गहुँ दिने गरेकाले यस व्यवसायबाट घरपरिवार पाल्न समस्या भएको भकिम्लीका कर्णबहादुर विकले बताए ।

एउटा हँसिया रु तीन सयसम्ममा बिक्री गर्ने गरेको जनाउँदै विकले हँसिया बनाउन एक दिन लाग्ने र त्यो पनि बिक्री नहुने हुँदा सबैले यो पेसा छाड्दै कामका लागि खाडी मुलुक जानुपर्ने अवस्था आउँदा पेसा नै पलायन हुन लागेको बताए ।

पछिल्लो समय बजारमा आधुनिक प्रविधि र सीपको प्रयोग गरी सस्तो र छिटोछरितो हुने कृषि औजार कारखाना खुलेपछि ग्रामीण क्षेत्रमा सञ्चालित परम्परागत आरन व्यवसाय सङ्कटमा परेका बूढापाकाहरुको भनाइ छ । रासस

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

३ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक