आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

झण्डै ३० अर्बको तरकारी र फलफूल आयात

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
झण्डै ३० अर्बको तरकारी र फलफूल आयात
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वदेशमा उत्पादित तरकारी तथा फलफूलले बजार नपाउँदा कृषकहरू सडकमा फालेर आन्दोलित हुनुपरेको अवस्था छ। तर, यही बेला बाहिरी मुलुकबाट भने अर्बौंको तरकारी तथा फलफूल आयात हुने गरेको तथ्यांकले देखाउँछ।

चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ मसान्त) मा नेपालले झण्डै ३० अर्बको तरकारी र फलफूल आयात गरेको छ। तरकारीजन्य वस्तु मात्र १९ अर्ब ६६ करोड रुपैयाँको आएको छ भने फलफूल ९ अर्ब ६६ करोड बराबरको आयात भएको भन्सार विभागको तथ्यांक छ।

९ खर्बको आयात, ९३ अर्ब निर्यात
विभागका अनुसार सात महिनामा कुल ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। साउनदेखि माघसम्म कुल ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ।

सोही अवधिमा नेपालले १५३ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमध्ये १२५ भन्दा बढी मुलुकसँग नेपाल घाटामा रहेको छ। सोही अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड बराबर रहेको भन्सार विभागले जनाएको छ।

यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा १८।७१ प्रतिशतले कमि हो। अघिल्लो वर्ष सोही अवधिमा मुलुकको व्यापार घाटा १० खर्ब १५ अर्ब पुगेको थियो।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा यस वर्ष अपेक्षित निर्यात गर्न नसक्दा त्यसको असर व्यापार घाटामा गएको देखिन्छ।

विभागका अनुसार माघसम्म नेपालले ९३ अर्ब ३२ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा २९।०३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको माघसम्म नेपालले १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो।

चालु आर्थिक वर्षमा आयातमा पनि केही कमि आएको छ। माघसम्म ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९।९० प्रतिशत कम हो। भन्सार विभागका अनुसार आव २०७८–७९ को माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोडको वस्तु आयात भएको विभागको तथ्यांकमा छ।

आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार पनि घाटामा पुगेको छ। भन्सार विभागका अनुसार माघसम्म १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ। यो अघिल्लो आवको यसै अवधिको तुलनामा कुल वैदेशिक व्यापार २०।८४ प्रतिशतले घटेको छ। माघसम्मको आयात, निर्यातको तुलना गर्दा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा कम बनेको छ भने आयातको हिस्सा बढेको छ।

तथ्यांक अनुसार अहिले कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९।२३ प्रतिशत रहेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०।३५ प्रतिशत कम हो। व्यापारमा आयातको हिस्सा भने ९०।७७ प्रतिशत रहेको छ। यो गत आवको तुलनामा १।१९ प्रतिशत धेरै हो।

१५३ बढी देशसँग व्यापार
चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालले १५३ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

१५३ देशमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग भएको छ। भारतबाट ५ खर्ब ७० अर्ब बढीको आयात भएको छ भने ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु भारतमा निर्यात भएको छ। नेपाल र भारतबिचको व्यापार घाटामा रहेको देखिन्छ। ब्राजिलसँग ४ अर्व ३९ करोडको आयात गर्दा ब्राजिलमा जम्मा ७१ लाख १६ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

चीनसँग १ खर्ब २५ अर्बको आयात हुँदा मात्र ४२ करोडको वस्तु निर्यात भएको छ। अमेरिकासँग १० अर्ब ६४ करोडको आयात हुँदा १० अर्ब ७३ करोडको निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसअनुसार अमेरिकासँग नेपालको व्यापार नाफामा रहेको देखिन्छ।

त्यस्तै, डेनमार्कसँग २० करोड ४० लाखको आयात हुँदा ५९ करोड ४५ लाखको निर्यात भएको छ। जसअनुसार डेनमार्कसँग पनि नेपालको व्यापार नाफामा देखिन्छ।

दुई खर्बको पेट्रोल, ७६ अर्बको फलाम
७ महिनामा नेपालले झण्डै दुई खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ। विभागको तथ्यांक अनुसार यस अवधिमा १ खर्ब ९४ अर्ब ९६ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ।

यस अवधिमा ७६ अर्ब २६ करोड रुपैयाँको फलाम तथा स्टील आयात भएको छ। विद्युतीय उपकरण र पार्टपूर्जाको आयात ५८ अर्ब २३ करोड रुपैयाँ बराबरको रहेको छ। ५६ अर्ब ३१ करोड बराबरको बोइल मेसिनका सामाग्री आयात गरेको छ।

३४ अर्ब ८१ करोड बराबरको मोती जडित गरगहना आयात भएको विभागको तथ्यांकले देखाएको छ। २९ अर्व ५१ करोड रुपैयाँको सवारी साधनको पार्टपूर्जा आयात गरेको छ। १४ अर्ब ४६ करोडका सर्जिकल उपकरणहरू आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

यी स्थानमा भारी वर्षाको सम्भावना

५४ मिनेट अगाडि
मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक