बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रचण्डलाई विद्यार्थीको चुनौतीः प्रश्नबाट भाग्ने हो भने राजीनामा चाहियो

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
प्रचण्डलाई विद्यार्थीको चुनौतीः प्रश्नबाट भाग्ने हो भने राजीनामा चाहियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा – पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा सहभागी हुन पोखराको लेखनाथ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरिएको छ। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको विद्यार्थीले नै राजीनामा माग गरेका हुन्। सोमबार कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्कन उनी अलिक हतारमा थिए। पोखरा विश्वविद्यालयको कार्यक्रम सकाएर उनी राष्ट्रपति चुनावबारे छलफल गर्न डाकिएको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पुग्नलाई हतारमा थिए। उनले केही विद्यार्थीलाई प्रतिनिधिमूलक रुपमा दीक्षित गरेपछि सम्बोधन थाले। लिखित छोटो सम्बोधनको अन्त्यमा उनले हतार भएकाले आफू निस्कने बताउँदै गर्दा दीक्षित हुन आएका आदर्श सुवेदीले चिच्याउँदै भन्न थाले, ‘प्रधानमन्त्री ज्यू मलाई मेरो प्रश्नको जवाफ चाहिन्छ है।’ उनलाई प्रधानमन्त्रीका सुरक्षाकर्मीले रोक्न खोजे। सुवेदीले प्रधानमन्त्री गएपछि आफ्नो बोलीको मूल्य नहुने भन्दै रोकिन मानेनन्। दीक्षित हुन आएका विद्यार्थी र प्राध्यापक पनि उनलाई नबोल्न आग्रह गर्दै थिए। उनको ढिपी थियो, ‘प्रश्नको जवाफ चाहिन्छ।’ विद्यार्थी सबैको प्रतिनिधित्व गरेर आफूले प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहेको उनले बताइरहेका थिए। अक्सफोर्ड कलेज चितवनबाट इन्ञ्जिनियरिङ म्यानेजमेन्ट पढेर दीक्षित हुन आएका उनले दुखेसो पोख्दै भन्न थाले, ‘यहाँ गोल्डमेडल पाए पनि लास्टमा थन्क्याउने मात्रै हो। मेरो दाइले पनि पढेर गोल्डमेडल पाएर पनि अहिले थन्काएर बस्नुुभा’को छ।’ रोक्न खोज्दाखोज्दै पनि आदर्शले त्यति भन्दासम्म प्रधानमन्त्री सुरक्षा घेरामा कार्यक्रमबाट बाहिरिसकेका थिए। उनले जनताको प्रश्नको जवाफ दिन नसक्ने के प्रधानमन्त्री हुने हो? भन्दै आक्रोश पोख्न थाले। उनको आक्रोशमा दीक्षित हुन आएका अन्य विद्यार्थीले पनि साथ दिँदै चिच्याए। बेलाबखत पररर ताली पिट्थे। भीडका अर्का एक विद्यार्थी फ्याट्टै भने, ‘यसरी भाग्नै छ भने राजीनामा दिए भयो नि।’ आदर्शले थप्दै भने, ‘भाग्ने हो भने राजीनामा चाहियो।’ आदर्शले आफू कुनै पार्टीमा आबद्ध नभएको स्पष्टीकरण दिँदै आफूले पढेर लिएको सर्टिफिकेटको योग्यता जम्मा १५ हजार रुपैयाँ मात्रै भएको आक्रोश पोखे। ‘एउटा कुल्लीले ३०/३५ हजार खान्छ। यहाँ गफ लगाएर मात्रै हुन्छ? यहाँको कुलपति उपकुलपति सबैले गफ लगाएर हुन्छ? के–के नै गोल्डमेडल ! एउटा लेपन दिँदैमा हुन्छ?’ उनले पढाइ सकेपछि पनि जागिर नपाउने, पाए पनि उचित तलब नपाउने समस्याको प्रश्न प्रधानमन्त्री प्रचण्डलाई सोध्न खोजेको उनैको भनाइले स्पष्ट हुन्थ्यो। प्रचण्डले विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भनेका थिए, ‘तपाईहरुले यस विश्वविद्यालयबाट प्राप्त गरेका ज्ञानलाई मुलुकमा उत्पादन, रोजगारी सिर्जना, शान्ति, स्थिरता, समग्र विकासको क्रमसँग जोड्न सक्नुपर्छ।’ कक्षा कोठामा सिकेको ज्ञानलाई मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा देखिएको चुनौतीलाई सामना गर्दै अवसरमा बदल्नुपर्ने बेला आएको उनको भनाइ छ। ‘आगामी उर्जाशील वर्षहरुमा तपाईंहरुले मुलुकका लागि योगदान दिने बेला आएको छ’, उनले भने। प्रधानमन्त्री दाहालले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्ने वातावरण निर्माण गर्ने अभिभारा दीक्षित विद्यार्थीको काँधमा बताए। प्रचण्डले निःशुल्क शिक्षाको हक कार्यान्वयनका लागि सरकारले अन्तिम तयारी गरेको बताए। ‘वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयनका लागि संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको छ’, उनले भने। संघीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने प्रधानमन्त्री प्रचण्डको अपेक्षा छ। समारोहमा ९ हजार विद्यार्थी दीक्षित भएका छन्। ४०२ जना विद्यार्थी डीन लिष्टको उपाधिबाट सम्मानित भए।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक