बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य पूर्वाधार/विकास

चीनले चासो नदेखाएपछि नेपाल आफै सक्रिय !

कलंकी (बसुन्धारा चक्रपथमा सहायक मार्ग निर्माण अघि बढाइँदै)

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
चीनले चासो नदेखाएपछि नेपाल आफै सक्रिय !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ / चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरू नगरे पनि सरकारले चक्रपथको कलंकी-बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ। सडक बनाउन चीन सरकारसँग सम्झौता भइसके पनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउँमा काम थालिसकेको छैन। चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो। चिनियाँ पक्षले काम सुरू नगरेकाले सरकारले गर्नुपर्ने खण्डमा पहिले सुरू गरिएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ।

चक्रपथको बाहिरी लेनमा ढल हाल्ने काम भइरहेको योजनाकी प्रमुख सजना अधिकारीले बताइन्। मुख्य लेनको २५र२५ मिटर बाहिर सडकको दुबैतर्फ छरछ मिटरमा कालोपत्र गर्न सम्झौता भएको थियो। आगामी वर्ष फागुनसम्म काम सक्ने लक्ष्य छ।
अहिले कलंकीबाट बसुन्धारासम्म बाहिरी लेन ९सर्भिस ट्र्याक० निर्माण गर्ने गरी ठेक्का भएको छ। चक्रपथको पहिलो खण्डमा नेपाल सरकारले सबैभन्दा बाहिरी लेन कालोपत्र गर्ने गरी सम्झौता भएको थियो। पहिलो खण्डमा अझै बालकुमारीलगायत थोरै खण्डमा सडक बनिसकेको छैन। पहिलो चरणको चक्रपथ विस्तारमा चिनियाँ सरकारले सडक निर्माण सम्पन्न गरेपनि मात्रै ‘सर्भिस ट्रयाक’ सुरू भएको थियो। अहिले भने मुख्यभन्दा सहायक लेन पहिले निर्माण गर्न लागिएको हो। पहिलो चरणको विस्तारमा सरकारले तीन आकाशे पुल निर्माण गरेको थियो।
त्यो अपुग भएपछि सरकारले आवश्यकताका आधारमा आकाशे पुल निर्माण गरेको थियो। चिनियाँ पक्षले सडक निर्माणको क्रममा आकाशे पुल निर्माण गरेपछि अपुग भएमा पछि सरकारले बनाउन सक्ने प्रमुख अधिकारीले बताए। सडक निर्माण सकिँदा नसकिँदै खन्ने प्रवृत्ति पुनरावृत्ति भइरहँदा योजनाले सकेसम्म समन्वय बढाएर सडक निर्माण गर्न लागेको प्रमुख अधिकारीले बताइन्।
कलंकी(बसुन्धारा खण्डमा अहिले योजना आफैंले ढल हालिरहेको छ भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० र आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छाउने काम गरिरहेका छन्। प्रमुख अधिकारीले भनिन्, ‘सकेसम्म खन्न नपर्ने गरी हाल्न लागिएको छ।’
सो खण्डमा सडक निर्माणका लागि निर्माणस्थल खाली गराउन रूख काट्ने, खानेपानीको पाइप, विद्युतको पोल हटाउन काम सकिएको छ। उनले भनिन्, ‘पोल ग्रीन बेल्टमा पर्ने हुँदा सार्नुपर्ने हुँदैन र काम अघि बढाउन सकिन्छ।’
सामान्यतस् पहिलो खण्डजस्तो हुने भने पनि अहिलेसम्म कस्तो डिजाइनमा निर्माण हुने टुङ्गो लागिसकेको छैन। साइकल लेन निर्माणलगायतका केही कुरा फरक हुनसक्ने छ। मुख्य सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल अघि बढाएको छ।
उपप्रधानमन्त्री तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले हालै चिनियाँ राजदूतसँग चक्रपथ सडक चाँडो सम्पन्न गर्न आग्रह गरेका थिए। सरकारले चक्रपथको दोस्रो चरणमा कलङ्कीबाट चाबहिल नजिकै धोबीखोलासम्म विस्तारका लागि अनुरोध गरेपनि हाल बसुन्धारासम्मको सडक चीन सरकारको सहयोगमा विस्तार हुने आयोजनाकी प्रमुख अधिकारीले जनाइन्। कलंकीबाट बसुन्धारासम्म सडक निर्माणको लागि सम्झौता भएको थियो।
उनले भनिन्, ‘महाराजगञ्जको जग्गा उपलब्ध नहुँदा त्यसभन्दा अघि गर भन्न सकिने अवस्था भएन। त्यहाँसम्म अर्को चरणमा हुनसक्छ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चिनियाँ पक्षले निर्माणस्थल खाली नै नभएसम्म निर्माण सुरू नगर्ने हुँदा दोस्रो खण्डमा मुख्य लेनमा विस्तार सुरू नभएको जनाए। सरकारले वा अरू दातृ निकायको भए यही अवस्थामा निर्माण सुरू गर्ने भए पनि चिनियाँ पक्षले चक्रपथको पहिलो खण्डमा विस्तार हुँदा सडक खाली हुन ढिलाइ भएको देखेर अहिले पूरै खाली नभएसम्म सुरू नगरेको जनाए।
पहिलो खण्ड निर्माण गर्दा एउटा पोल हटाउन पनि छ महिना लागेकाले ढिलाइ भएको उनको भनाइ छ। उनले भने, ‘चिनियाँ राजदूतलाई सबै कुरा भनेको र हाम्रो सन्दर्भमा गर्न भनेका छौं र उताबाट पनि यसलाई लिखित पत्र माग्नुभएको छ।’
चक्रपथको पहिलो खण्डका रूपमा सरकारले कोटेश्वर(कलंकी खण्ड पाँच वर्ष पहिले आठ लेनमा विस्तार गरेको थियो। सो विस्तारपछि अहिले मुख्यमुख्य चोकमा बाहेक सवारी चापका समस्या छैन। दोस्रो चरणको विस्तारको तयारी सुरू भएको तीन वर्ष बित्दासमेत अझै मुख्य सडक पूरै खाली भइसकेको छैन, राससमा समाचार छ ।

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

२ घण्टा अगाडि
कर्जा प्रणालीतर्फ जानुपर्ने माग

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक