बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निर्वाचन आयोगले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकिएको छ ।

आयोगले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सोमबार टुंग्याएको छ । प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जना मतदाता हुनेछन् । प्रतिनिधिसभाका २ सय ७५ सांसद हुनुपर्नेमा चितवन–२ रिक्त छ । मनाङ–१ बाट निर्वाचित टेकबहादुर गुरुङ र कैलाली–२ बाट निर्वाचित अरुणकुमार चौधरी निलम्बनमा छन् । निर्वाचनअघि नै प्रतिनिधिसभा नियमावली पारित भए महोत्तरी–१ बाट निर्वाचित भएर फरार रहेका लक्ष्मी चौधरी कोइरी पनि निलम्बनमा पर्नेछन् । राष्ट्रिय सभामा ५९ जना छन् ।

प्रदेशसभाका सदस्यको ४८ र संघीय संसद् सदस्यको ७९ मतभार हुन्छ । संघीय संसद्का ३ सय ३१ जनाको मतभार २६ हजार १ सय ४९ हुन्छ । प्रदेशसभाका ५ सय ५० सदस्यको मतभार २६ हजार ४ सय रहेको छ । आयोगले टुंग्याएको अन्तिम मतदाता नामावली निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गर्नेछ ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्ममा मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसमा फागुन ११ सम्म दाबी विरोधको उजुरी दिन सकिनेछ । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ । उजुरीमाथिको छानबिन गरी फागुन १२ मा अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन कार्यक्रम छ । १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । निर्वाचन २५ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा संघीय सांसदका लागि एउटा र प्रदेशसभा सदस्यका लागि अर्को मतदान केन्द्र रहनेछ । प्रदेशसभा र संघीय संसद्को मतभार फरक भएकाले दुई वटा केन्द्र कायम गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । मतदान सकिएको चार घण्टाभित्र मत परिणाम आइसक्ने उनले बताए ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१५ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक