काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
उनीहरुबीच राष्ट्रपति निर्वाचन लगायत विभिन्न बिषयमा छलफल भएको जनाइएको छ । पछिल्लो समय राष्ट्रपति निर्वाचनको बिषयलाई लिएर दलका शीर्ष नेताहरुको दौडधुप बढीरहेको छ । केही समयअघि लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएको थियो ।


