काठमाडाैं । जनता समाजवादी पार्टीले चैतमा विधान अधिवेशन हुने भएकाे छ ।
पार्टीको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको जानकारी प्राप्त भएकाे छ ।
आइतबार कार्यकारिणी समिति बैठक बसेको थियो। अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले जनाए ।
समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति, उपराष्ट्रपति चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग गर्न लागेको एकीकरण वा मोर्चालगायत विषयमा पनि बैठकमा छलफल भएको थियो।
जसपाले एकीकृत समाजवादीलगायत दलसँग एकता गर्नेबारे छलफल गरेको हो। यसका लागि वार्ता समिति बनेको र कुराकानी भइरहेको नेताहरूले जनाएका छन्।


