सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनता रा.मा.वि.को ६१औं वार्षिकोत्सव सम्पन्न/ भरत सिंह पेलाले गरे अक्षय कोष स्थापना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जनता रा.मा.वि.को ६१औं वार्षिकोत्सव सम्पन्न/ भरत सिंह पेलाले गरे अक्षय कोष स्थापना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । श्री जनता राष्ट्रीय मा. वि. कैलालीगाउँको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ फाल्गुन ४ गते सम्पन्न भएको छ । विव्यस अध्यक्ष विनोद पन्तको सभापतित्व र कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य माननीय डिल्ली राज पन्तको प्रमुख अतिथ्यमा कार्यक्रम सञ्यालन गरिएको थियो। त्यस्तै विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर नृप बहादुर वड र वडा नं. १३ का वडा अध्यक्ष विजय राज जोशी हुनु हुन्थ्यो ।त्यस्तै अतिथिका रूपमा समाजसेवी हरिश खड्कालगायत थुप्रै शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्वहरूको उपस्थिति थियो ।
यस कार्यक्रममा सम्पूर्ण शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूलाई वितरण गरिएका पुरस्कारहरूका लागि आर्थिक सहयोग अमेरिकी सेनामा कार्यरत श्री भरतसिंह पेलाले गरेका थिए ।
यसअघि उनले यसै बर्ष जेठ ३१ गते पनि यस विद्यालयका ४० जना गरिब जेहेन्दार विद्यार्थीहरूलाई स्टेशनरी र विद्यालय पोषाक विद्यालयमा आफै उपस्थित भएर वितरण गरेका थिए ।
यस वार्षिकोत्सवको अवसरमा पेलाले रू ५१,१०५/ अक्षरेपी एकाउन्न हजार एक सय पाँच को अक्षयकोष स्थापना गरेका छन् । यस अक्षय कोषको ब्याजबाट विद्यालयका जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन स्वरूप हरेक वर्ष केही रकम छात्रवृत्तिका रूपमा वितरण गरिने छ ।
यस विद्यालयका प्रधानाध्यापक श्री कृष्णसिंह पेलाका सहोदर भाइ समाजसेवी भरतसिंह पेलाले यस्तै गरी अनेक ठाउँमा आर्थिक सहयोग गर्दै आएका छन् र उनी भन्छन् आफू विदेशमा रहे पनि आफ्नो जन्मभूमिका लागि, आफ्नो मातृभूमिका लागि आफूले सकेको सहयोग गर्नुपर्छ, म गरिरहने छु ।
प्रतिनिधि सभा सदस्य माननीय डिल्लीराज पन्तले शिक्षा महत्वपूर्ण कुरा हो तर अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरूलाई अगाडि बढाउन सक्यो भने यसले विद्यालयको चौतर्फी विकासमा थप टेवा पुग्न सक्छ भन्नुभयो ।
विद्यालयको भौतिक एवम् शैक्षिक विकासका लागि प्राथमिकताका आधारमा स्पष्ट योजना बनाउने र ती मध्ये मैले के गर्नु पर्छ, म सहयोग गर्न तयार छु , मलाई विद्यालयले अवसर दिनुपर्छ। यसको विकास र समृद्धिमा मेरो पनि सहभागिता अवश्य होस् भन्दै वहाँले विद्यालयको विकास र समृद्धिका लागि सदीक्षा प्रकट गर्नु भयो।
विशिष्ट अतिथि निवर्तमान मेयर नृप बहादुर वडले आफू पदमा रहँदा यस विद्यालयलाई पहिलो प्राथमिकतामा राखेको र यस विद्यालयको विकास र समस्याहरूको समाधान गर्नमा आफ्नो साथ र सहयोग सधैं रहनेछ भन्ने आश्वासन दिनु भयो । त्यस्तै अन्य वक्ताहरूले पनि विद्यालयको विकासप्रति चिन्ता र चासो प्रकट गर्नुका साथै भरतसिंह पेलाले गर्दै आएको सहयोग एवम् यस अक्षय कोषको स्थापनाले यस समुदायका समाजसेवी, अभिभावक तथा सहयोग दाताहरूलाई विद्यालयको विकासतर्फ थप प्रेरित गर्नेछ र विद्यार्थीहरूलाई पनि यस विद्यालयमा पढ्नका लागि प्रोत्साहित गर्नेछ भन्ने विचार व्यक्त गर्नु भयो ।

यो पनि पढ्नुहोस्

सरकारी खर्च मितव्ययी बनाउन निर्देशन

सरकारी खर्च मितव्ययी बनाउन निर्देशन

३ घण्टा अगाडि
आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक सुरु

देशका विभिन्न स्थानमा  बदली

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक