बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मन्त्री भएपछि काठमाडौंमा जग्गा किन्न नदिने नेमकिपाको प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मन्त्री भएपछि काठमाडौंमा जग्गा किन्न नदिने नेमकिपाको प्रस्ताव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाहिर घरजग्गा किन्न नदिने प्रस्ताव गरेको छ ।

मालपोत ऐनमा यस्तो व्यवस्था राख्न नेमकिपाका सांसद प्रेम सुवालले सुझाव दिएका हुन् । आफ्नो प्रस्तावबारे सुवाल ब्याख्या गर्छन्, ‘जितेर आएपछि, मन्त्री भएपछि काठमाडौंमा घरजग्गा जोडिहाल्ने । प्रधानमन्त्रीको त कति हो कति । यसरी देशको सन्तुलित विकास हुदैन ।’

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाएको छ ।

जहाँ मालपोत ऐनका पनि केही प्रावधान संशोधन गर्ने प्रस्ताव छ । यही विधेयकमार्फत मालपोत ऐनमा सन्तुलित विकासका लागि केही व्यवस्थाहरु थप्नुपर्ने प्रस्ताव सुवालले राखेका हुन् ।

मुलुकको सन्तुलित विकासका लागि प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाहिर घरजग्गा किन्न नदिने व्यवस्था गर्ने उनको प्रस्ताव छ ।

सांसद सुवालको प्रस्तावलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले संविधान विपरीत प्रस्तावको संज्ञा दिए । सांसद सुवालको प्रस्तावउपर जवाफ दिँदै मन्त्री प्रधानले भने, ‘नेपालको संविधानले नेपालको नागरिकलाई प्रदान गरेको मौलिक हकको सीमांकन नहुने गरी कानुन बनाउनुपर्ने ब्यहोरा निवेदन गर्न चाहन्छु ।’

यो पनि पढ्नुहोस्

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

१ घण्टा अगाडि
आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग

आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक