बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जनयुद्ध दिवसको बिदाले एक्लिए प्रधानमन्त्री, सरकारमा खटपट

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनयुद्ध दिवसको बिदाले एक्लिए प्रधानमन्त्री, सरकारमा खटपट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – ‘जनयुद्ध दिवस’मा बिदा दिइएकोप्रति सत्ता घटक दुई दलले असहमति जनाएका छन्। सरकारको चौथो ठूलो दल राप्रपाका मन्त्रीहरुले आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठक नै बहिस्कार गरेर बिदाप्रति विरोध जनाएको हो भने एमालेले पनि त्यसप्रति असन्तुष्टि जनाएको छ। एमाले र राप्रपाको विरोधसँगै जनयुद्ध दिवसमा बिदा दिने प्रकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्लिएका छन्। आइतबार दिउँसो बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि (फागुन १ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। बैठकको कार्यसूची थाहा पाएपछि राप्रपाबाट सरकारमा सहभागी उर्जामन्त्री राजेन्द्र लिङ्देन, शहरी विकासमन्त्री विक्रम पाण्डे, र कानुनमन्त्री धुव्रबहादुर प्रधानले मन्त्रिरिषद्को बैठक नै बहिस्कार गरेका थिए। राप्रपाले कुनै दल विशेषले सुरु गरेको हिंसात्मक आन्दोलनलाई समर्थन हुने गरी जनताका काम कारबाही नै रोकेर सार्वजनिक बिदा दिनु ठीक नभएको जनाएको छ। त्यस्तै, सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले पनि बिदाप्रति विरोध जनाएको छ। एमालेबाट सरकारमा सहभागी एक मन्त्रीले मन्त्रिपरिषद् बैठकमा बिदा दिने प्रस्तावको विरोध जनाएको स्रोतले बतायो। स्वास्थ्य मन्त्री पदम गिरीले बिदाको सङ्ख्या बढीको भएको अवस्थामा जनतालाई मार पर्ने गरी बिदा दिन नहुने सुझाव मन्त्रिपरिषद् बैठकमा राखेको एमाले स्रोतले बतायो। आइतबार बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा सोमबार बिदा दिनेबारे कुनै छलफल भएको थिएन। बिहान छलफल गरेर अघि बढ्ने तथा गठबन्धनलाई मजबुत बनाउने निर्णय गरेर उठेका सत्ता साझेदार दलबीच साँझ नपर्दै बिदाको विषयले खटपट देखिएको छ। छलफलबिनै बिदा दिइएको भन्दै एमालेले सोमबार थप विरोध गर्ने तयारी गरेको छ। तर विरोधको स्वरुपबारे केही बताइएको छैन। हिंसात्मक आन्दोलन सुरु भएको दिनलाई स्मरण गर्दै बिदा दिइएकोमा सर्वसाधरणले पनि असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा बिदाको विरोध सुरु भएको छ। संविधानविद् भीमार्जुन आचार्यले बिदा दिने निर्णयले कार्यकारी अधिकारको दुरुपयोग गरेको टिप्पणी गरेका छन्। उनले सत्ता साझेदार दलबाटै यसको विरोध हुनुपर्ने ट्वीटमा उल्लेख गरेका छन्। आचार्यले भनेका छन्, ‘यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग (excessive abuse) र स्वेच्छाचारी काम भयो। सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन। अब द्वन्द्वपीडितले न्याय पाउँछन् भन्ने पनि केही रहेन। यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहाँ छन्, त्यो जान्न मन लाग्यो!’

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१० घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक