बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

देश कता जाँदै छ ? एउटा उदाहरण !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज मागको रिट खारेज / बाम आवरणहरुलाई राम्रो सन्देश ! 
काठमाडौं / नेपालमा विगत लमो समयदेखि नै विभिन्न सन्धिसम्झौताका नाममा युवाहरुलाई केही देशका सेना लगायत क्षेत्रमा रोजगारीका लागि पठाउने श्रृंखला लामो चल्दै आएको छ । यसले देशमा काम गर्न सक्ने र परिवर्तन ल्याउने युवाशक्तिको पलायन भएको छ भने देशले पनि अपेक्षित विकास हासिल गर्न नसकेको भन्दे बेलाबेलामा विरोधका स्वरहरु सुनिने गरेको छ । आन्दोलन र युद्धहरु पनि भएका छन् । तर बाम आवरणका दलहरुलाई भने सर्बोच्च अदालतको एउटा फैसलाले निराशा सृजना गरिदिएको छ ।
बुद्धिजीवी तथा विश्लेषकहरुले त यस्तो सन्धिसम्झौता खारेज गर्न र विभिन्न देशका सेनामा भर्तीका लागि जाने चलनलाई अन्त्य गर्नुपर्ने माग गर्दै आएका छन् । तत्काललाई कमाइको अवसरको रुपमा देखिँदै आए पनि यसले परिवार तथा समाजमा ठूलो असर पर्दै आएको भन्दै युवालाई देशमा नै काममा बस्नुपर्ने उनीहरुको भनाइ छ । तर यस विषयमा न अहिलेसम्मका बनेका सरकारले सुनेका छन् न त प्रमुख नेताहरुले नै आवाज उठाएका छन् ।
अझ यस्ता सन्धिसम्झौता खारेजको माग गर्दै हालै सर्वोच्च अदालतमा परेको रिट खारेज हुनुले पनि देशले कस्तो बाटो लिन खोजेको भन्ने पनि स्पष्ट पारेको छ । हालै मात्र सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेजको माग गर्दै रिट दायर भएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको सोमबारको इजलासले उक्त रिट खारेज गरेको हो ।
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो) ले गोर्खा भर्ती सम्झौता खारेजीको माग गर्दै २०७४ जेठ २६ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । बिगेसोका तर्फबाट पदमसुन्दर लिम्बू र उत्तमप्रसाद राईले दायर गरेको रिटमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले रिट खारेज हुने फैसला गरेको हो ।
नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा त्रिपक्षीय सन्धि भएको थियो । यसअन्तर्गत अहिले भारत र बेलायतका गोर्खा रेजिमेन्टमा नेपाली युवा भर्ती हुँदै आएका छन् । नेपाल सरकार, भारत सरकार र बेलायत सरकारसँग गोर्खा भर्ती नेपालीहरुको हितमा नरहेको, असमान र विभेदकारी रहेको भन्दै खारेजीको माग गर्दै रिट दायर गरिएको थियो ।
त्रिपक्षीय सन्धिको मूल मर्म विपरीत नेपाली युवाहरुलाई ब्रिटिश आर्मीमा भर्ती गरेर नेपालकै मित्र राष्ट्रका विरुद्ध भाडाको सिपाही बनाएर लडाउने गरेको भन्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पनि विरुद्ध रहेकोले गोर्खा भर्ती सम्झौता खारेजै हुनु पर्ने निवेदनमा उल्लेख गरिएको थियो । रिट खारेज गरेको सर्वोच्चले सरकारको नाममा भने केही निर्देशनात्मक आदेश जारी गरेको छ ।
देशमा नै आकर्षक रोजगारी र बस्ने वातावरण नहुँदा ती देशका सेनामा मात्र नभई अन्य रोजगारीका लागि युवाहरु पलायन हुने क्रम रोकिएको छैन । १८–२० वर्ष पुगेपछि कि रोजगारीका लागि खाडी मुलुकतर्फ पस्ने वा प्लस टु सकिएको भए अध्ययनका लागि भन्दै अमेरिका, अस्टे«लिया जानेको लर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनहुँ देख्न सकिन्छ । यस्तो जनशक्ति लामो समयसम्म विदेशमा नै हुन्छ । उनीहरुले पठाएको रेमिट्यान्स देश चले पनि उनीहरु भने आफ्नो युवाशक्तिले अन्य देशलाई नै समृद्ध पारिरहेका हुन्छन् ।
युवाशक्ति अमूल्य सम्पत्ति भएको र देशमा नै काम गर्ने वातावरण सृजना गर्नुपर्ने भन्दै बेलाबेलामा राजनीतिक दल र तिनका नेताले सार्वजनिक रुपमा नै भाषण गर्दै आएका छन् । तर, नेतृत्वमा पुग्नेबित्तिकै आफ्नै भाषणलाई कार्यान्वयन गर्न भने उनीहरु चुक्दै आएका छन् । पछिल्लो समय विदेशमा आश्रित रोजगारी र आन्तरिक बेथितिका कारण देशको अर्थतन्त्र पनि संकटमा परेको छ । अहिले मुलुकको आर्थिक गतिविधिमा नै मन्दी छाएको छ । तर, सरकारले यसलाई समाधान गर्न भने उचित कदम चाल्न सकेको छैन ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि अहिले मुलुकमा नयाँ सरकार गठन भएको पनि एक महिनाभन्दा बढी समय पुगेको छ । तर, बजारमा जुन रुपमा महँगी वृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रणमा ल्याउन, बजारमा देखिएको बिचौलियाको वर्चस्व तोड्न आम उपभोक्तालाई राहत हुने गरी बजारभाउ तोक्न सरकार असफल हुँदै आएको छ । त्यहीकारणले किसान कहिले तरकारी तथा कहिले कुखुरा तथा अण्डा सडकमा फालेर विरोध गर्न थालेका छन् । हाल किसानसँग प्रतिकिलो ५ रुपैयाँमा गोलभेंडा किनेर बिचौलियाले उपभोक्तालाई ५० रुपैयाँसम्मा बिक्री गर्दै आएको तथ्यांक सार्वजनिक भएको छ । यसले किसान जस्ता वास्तविक सर्वहारा वर्गा कसरी लुटिएको स्पष्ट पार्छ । यस्तो समस्याका कारण पनि युवाशक्ति देशमा नै बस्ने वातावरण बन्न नसकेको विश्लेषहरुको भनाइ छ । सरकारले यस्ता समस्या समाधान गर्न तत्काल कदम चाल्नुपर्ने र युवालाई देशमा नै काम सकिने वातावरण तयार गर्नुपर्नेमा जोड दिन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

खिल निकाल्ने वर्ष २०८३ को शुभकामना !

खिल निकाल्ने वर्ष २०८३ को शुभकामना !

२ सेकेन्ड अगाडि
साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक