काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी छिन् । दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुबै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधनलाई बिदाई सम्बोधन भनेर चर्चा हुन थालेको छ ।
निर्वाचन आयोगले २८ फागुनका लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले यसलाई बिदाई सम्बोधन भनिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन् ।


