काठमाण्डौ / नेकपा राष्ट्रिय एकता अभियानका महासचिव कमरेड डिबि कार्की व्रूसेलेसिस ( Brucelesis) रोगबाट संक्रमित भई काठमाण्डौको कलंकी स्थित सहिद मेमोरियल अस्पतालको बेड नंबर १३ मा उपचारका लागि भर्ना हुनुभएको छ ।
यही माघ ६ गते रातीदेखि ज्वरो र रूघासहित असैह्य टाउको दुख्न थालेपछि सामान्य उपचार गर्दा निको भएन । तत् पश्चात वरिष्ठ फिजिशियन डा।अपूर्व श्रेष्ठको सल्लाहमा टेकू स्थित केन्द्रीय प्रयोगशालामा रगत परिक्षण गराउँदा व्रूसेलेसिस (Brucelesis) ले ग्रस्त भएको ठहर भयो । हाल उहाँको उपचार शहिद मेमोरियल अस्पताल कलंकीमा भैरहेको छ ।
नेकपा राष्ट्रिय एकता अभियानको यही माघ २१ गते सम्पन्न स्थायी कमिटी बैठकले कमरेड डिबी कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना प्रस्तावसमेत गरेको छ ।


