काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। एमाले प्रचार प्रसार विभाग प्रमुख विष्णु रिजालका अनुसार बैठक माघ २९ र फागुन १ गते बोलाइएको हो।
बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको रिजालले बताएका छन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ।
सत्ता गठबन्धनमा समस्या आएपछि एमालेले बैठक बोलाएको हो।


