बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सत्ता गठबन्धन भत्किनुमा एकीकृत समाजवादीका अध्यक्ष माकुनेले चार कारण प्रस्तुत

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सत्ता गठबन्धन भत्किनुमा  एकीकृत समाजवादीका अध्यक्ष माकुनेले चार कारण प्रस्तुत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं– कांग्रेस नेतृत्वको तत्कालीन सत्ता गठबन्धन भत्किनुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार कारण प्रस्तुत गरेका छन्। शनिबारदेखि सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत २४ पृष्ठको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले गत पुस १० गते भत्किएको सत्ता गठबन्धनका लागि कांग्रेस, केपी शर्मा ओली र माओवादी केन्द्रलाई आधार मानेर कारण प्रस्तुत गरेका हुन्। अध्यक्ष नेपालले प्रस्ततु गरेका चार कारण यसप्रकार छन्- १. निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नु। २. नेपाली कांग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु। ३. केपी ओलीले उपर्युक्त वाम-लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु। NIMB IME ४. माओवादी केन्द्रको सत्ताकेन्द्रित सोच र आफूलाई लाभ हुने भएपछि विचार नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरु सबै त्यागेर हिँड्ने प्रवृत्ति। अध्यक्ष नेपालले निर्वाचनपछि वाम-लोकतान्त्रिक गठबन्धनकै सरकार बन्नुपर्दथ्यो भनेका छन्। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले आफू पहिले प्रधानमन्त्री बन्नुपर्ने अडान लिएको र एक पटक वचन दिइसकेका शेरबहादुर देउवा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्ड अप्रत्याशित रुपमा एमालेसहितका दलहरुसँग गठबन्धन गरी प्रधानमन्त्री बन्न गएकाले निर्वाचनका बेला कायम रहेको वाम-लोकतान्त्रिक गठबन्धन भंग भएको नेपालले उल्लेख गरेका छन्। एमाले नेतृत्वको अहिलेको सत्ता गठबन्धनलाई अध्यक्ष नेपालले खिचडी प्रकृतिको भनेका छन्। ‘यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी केन्द्र र गणतन्त्रको विरोधी एवं हिन्दूराज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा, संघीयताको पक्षधर जसपा र संघीयता विरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नाउपा र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका छन्’, प्रतिवेदनमा उनले लेखेका छन्।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

५ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक