बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारलाई २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाएर हस्तान्तरण गर्ने सम्झौता

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारलाई  २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाएर हस्तान्तरण गर्ने सम्झौता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल सरकारले अबको १० महिनामा डेकाटुर टाइगर आइटी कम्पनीलाई चार करोड १५ लाख अमेरिकी डलर (हालको विनिमय दरअनुसार पाँच अर्ब ३८ करोड ३८ लाख रुपैयाँ) बुझाई सक्नुपर्नेछ।

२०७३ जेठ १७ गते नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर आइटी कम्पनीबीच पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो।

ठेक्का सम्झौता अनुसार तोकिएको संख्याको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेड जडान भएपनि–नभएपनि ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकमको ९५ प्रतिशत रकम तिर्नुपर्छ।

सरकारले डेकाटुरलाई इम्बोस्ड नम्बर प्लेटको लागि चार करोड ३७ लाख अमेरिकी डलर बुझाउने सम्झौता भएको थियो।

उक्त सम्झौतामा तत्कालिन यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हस्ताक्षर गरेका थिए।

डेकाटुर टाइगर एक अमेरिकी र बंगलादेशी संयुक्त कम्पनी हो। पाँच वर्षको अवधि २०७८ भदौमै सकिएको थियो। तर तोकिएको समयावधिमा काम नसकिएपछि सरकारले साढे दुई वर्षको लागि समय थप गरेर सम्झौता नवीकरण गरेको छ।

सोही सम्झौता अनुसार २०८० मंसिर १२ गतेसम्म २५ लाख सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भनिएको छ।

यातायात व्यवस्था विभागको तथ्यांक अनुसार हालसम्म जम्मा ३० हजार सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको छ। सम्झौता अनुरुप समयमै काम सक्ने अवस्था नदेखिए पनि विभागले भने काम द्रुत गतिमा भइरहेको जनाएको छ।

‘इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया चलिरहेको छ। तोकिएको समयभित्र काम सम्पन्न हुने गतिमा काम भइरहेको छ,’ विभागका महानिर्देशक डा. टोकराज पाण्डेले भने।

उनका अनुसार समयमै तोकिएको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेड जडान गरिसक्नेमा विभाग सकारात्मक छ।

सरकारले २०७४ भदौदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरू गरेको थियो। तर प्लेट नम्बर अंग्रेजीमा भएका कारण देवनागरी लिपिमा हुनुपर्ने माग गर्दै भाषाविद्हरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरे।

उक्त मुद्दामाथि सर्वोच्चले २०७४ माघ १० गते तत्काल काम रोक्न अन्तरिम आदेश जारी गर्‍यो।

आदेशपछि इम्बोस्ड नम्बर प्लेट जडान रोकियो। तर फेरि अदालतले २०७६ मंसिर २७ गते भाषाबारे परेका रिट खारेज गरिदियो।

२०७७ असारमा फैसलाको पूर्णपाठ प्राप्त भएसँगै अंग्रेजीमै नम्बर प्लेट जडान गर्ने बाटो खुल्यो। त्यसपछि २०७७ साउन १ गतेदेखि विभागले यस्तो प्लेट जडानलाई निरन्तरता दिएको हो।

तर, अझै पनि सरकारैपिच्छे इम्बोस्ड नम्बर प्लेट छपाई र जडानसम्बन्धी विभिन्न समय फरक–फरक निर्णय हुने गरेको छ। सरकारैपिच्छे फरक आदेश आउँदा काम गर्न असहज भएको विभाग स्रोत बताउँछ।

‘अहिले पनि भाषाको विवाद कायमै छ। प्लेट देवनागरी भाषामा बनाएर मात्रै जडान थाल्ने पक्षमा मन्त्रालय देखिन्छ,’ स्रोतले भन्यो।

विभागका अनुसार हालसम्म नेपालमा ३७ लाख सवारी साधन दर्ता भएका छन्। त्यसमध्ये कति चलिरहेका छैनन्। त्यसैले अनुमानका आधारमा जम्मा २५ लाख इम्बोस्ड नम्बर प्लेट छपाईको लागि सम्झौता गरिएको हो।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक