शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

लोकतन्त्रको मर्मलाई हराउँदा र यसको आबरणलाई जिताउँदा उत्पन्न लोकलज्जा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 2 mins read
0
लोकतन्त्रको मर्मलाई हराउँदा र यसको आबरणलाई जिताउँदा उत्पन्न लोकलज्जा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायणा सुबेदी,

लोकतन्त्र यथार्थतः संबैधानिक लोकतन्त्रभन्दा एउटा भिन्न कुरा हो । लोकतन्त्रले यसको बिकासको इतिहास हेर्दा यसले जुन स्वतन्त्रता, समानता र भातृत्वको एउटा एकीकृत मर्मलाईसमटेको पाइन्छ । त्यस परिप्रेक्षमा हेर्दा संबैधानिक लोकतन्त्र अर्कै भिन्न कुरा हो । वास्तवमा पहिलो  एउटा आत्मा अर्थात मर्म  हो भने दोश्रो त्यसको ढाँचा या आवरण  मात्र हो । तर हरेक चुनावका बेला आत्मालाई या मर्मलाई मारेर ढाँचा या आवरणलाई जिताउने काम हुँदै आएको छ र यसरी मारिएको अर्थात आत्माबिनाको लोकतन्त्रलाई धुमधामसँग बोकेर हामी हिडिरहेका  हुन्छौं. । त्यसैले त सत्ताधारीहरुले सही असहमतिलाई पनि फट्कार्दै  भन्ने गरेका र भन्दै आएका छन् कि ‘भोट हामीले पाएका छौ’ । तर भीडको स्वीकृति साच्चो लोकतन्त्रको कुनै अन्तिम कसी होइन र हुँदैन अनि  हुँनु पनि हुँदैन । भीडलाई नै सबै कुरा मान्ने हो भने त हिजो १०४ बर्ष राणाहरुले नै जितिरहेका थिए । तिनका बिरुद्ध आवाज उठाउने र संघर्ष गर्नेहरुको संख्या सानो थियो तर त्यसैले परिबर्तन ल्यायो । त्यसपछि पञ्चायतले ‘सबै पञ्च नेपाली सबै नेपाली पञ्च’ भन्ने नारा गुञ्जाएको थियो तर त्यो ब्यवस्थाको बिरोध गर्ने र संघर्ष गर्नेहरुको संख्या सानो थियो । प्रष्ट छ भीडको स्वीकृतिले चल्ने हो भने त न पञ्चायतको अन्त्य हुने थियो न त्यस अघिको जहाँनियाँ राणातन्त्र नै जाने थियो । 

त्यसैले भीडलाई लोकतन्त्र भन्ने भ्रम पालेर यसको वास्तविक आत्मा या मर्मलाई मार्ने काम गरिनु हुँदैन । लोकतन्त्रको उदेश्य र यसको प्राप्तिको संघर्षलाई एकातिर पञ्छाएर यसको अपब्याख्या या भ्रष्टीकरण गरिदा यसको मर्म र भावना बोकेर हिडेको पनि ठहरिदैन । अनि चुनाव परिणामको कथित बिश्लेषणको नाममा आ–आफ्ना गल्ती कमजोरी लुकाउने या ती सबै कुरा जनताले अनुमोदन गरिदिए भनेर थप भ्रम सिर्जना गर्ने कुराले कहिँ कतै लोकतन्त्रलाई सबल, सक्षम र सार्थक कीमार्थ र कदापि बनाउन सक्तैन । यद्यपि हामीकहाँ लोकतन्त्रको ‘आत्मा’ र ‘आबरण’लाई उस्तै र एउटै भनेर गलत ब्याख्या या अपब्याख्या गर्दै यसलाई गाजेमाजे पार्ने गरिएको छ र त्यसैलाई लोकतन्त्रको ‘सुन्दरता’ भन्ने संज्ञा दिएर कुरुप अनुहारलाई सहन गर्ने शर्मलाग्दो परिपाटी बसालिएको या बसाल्न खोजेको प्रतीत भइरहेको  छ । यसले राजनीतिक भ्रष्टीकरणलाई प्रोत्साहित भइरहेको छ । फलतः त्यो राजनैतिक नैतिकता, निष्ठा, इमानदारीतामा स्खलन ल्याउने कारक र कारण बनिरहेको छ । अनि त्यसबाट प्रत्युत्पन्न ब्यापक भ्रष्टाचार, कमिशनखोरी, आर्थिक अपचलन, सामाजिक बिचलन आदिले समाज आक्रान्त बनेको छ । यसले भ्रष्ट राजनीतिक सँस्कृतिलाई मलजल गरेर बल पु¥याइरहेको छ । बस्तुतः आजको राजनीति आदर्शच्यूत हुनुको आधारशीला नै यही हो ।

यद्यपि सामान्य कुरा के हो भने हरेक चुनावको आयोजना हुँदा त्यहाँ कुनै दलले जित्छ र कुनैले हार्दछ । अहिलेको चुनावमा पनि यस्तै भएको छ । तर दलहरु जिते पनि देश र जनताले हारिरहेका छन् । अन्यौल, अस्थिरता र अराजकताका प्रष्ट संकेतहरु देखिइरहेका छन् । यस्तै माहोलले गर्दा बिकास, प्रगति र समुन्नतिले सही दिशा लिन नसकेर बर्षंैंदेखि हारिरहेको छ । अहिलेको चुनाव परिणामले पनि कुनै स्थिरता, सुनिश्तिता र सुशासनको संकेत दिन सकेको छैन र सक्ने पनि छैन । त्यसैले चुनाव नसकिदै एकातिर कुर्सीको लडाईले चरम रुप लिने र ‘मध्यावधी’ चुनाव हुनसक्नेसम्मका बिश्लेषणहरु अहिले नै  हुन थालेका छन् । यो त्यसै लहै लहैमा भनिएको कुरा पनि होइन । हिजोको इतिहास यस्तै रहेको छ र देशमा पटक पटक अबाञ्छित राजनैतिक दुर्घटना हुने गर्दै रहेको अनुभव छ । अहिले पनि त्यस्तो सन्देहको स्थिति कायम रहेको र  ब्याप्त भइरहेको छ ।
यस स्थितिमा चुनाव परिणामको कुनै नाता यदि कुनै लोकतन्त्र नामको ब्यवस्थासँग पनि हुँदो हो र त्यसले गर्दा चुनावी राजनीति या संसदीय लोकतन्त्रको अस्तित्व रहेको हो भने यसलाई एकदमै राम्रोसँग बुझ्नु पर्दछ कि यो दल जित्ने देश हार्ने, लोक अर्थात् जनता हार्ने तर तन्त्र जित्ने र वास्तविक लोकतन्त्र पराजित हुने तारतम्य बाहेक अरु केही होइन र हुँदैन । त्यसले गर्दा संबिधान पनि अब एउटा पुरानो गाता भएको धर्मशास्त्रको किताब जस्तै एउटा अन्ध माला जप्ने कुरा मात्र भएर रहेको छ । यसैले यी कुराहरु छोडेर परिप्रेक्षमा चुनावमा आधारित भएको हार जीतको कुनै पनि बाचाल चर्चाले जतिसुकै प्रश्रय पाए पनि त्यसले भ्रम सिर्जन गर्ने बाहेक अरु कुनै सही र सार्थक कुरा देश र जनतालाई दिदैन, चाहेर पनि दिन सक्तैन वास्तवमा समग्रमा यथार्थ आधारमा बुझ्ने र केलाउने हो भने चुनावको संबैधानिक पबित्रता र त्यसको राजनैतिक अस्तित्व पराजित भइरहेको या भइसकेको छ । चुनावको आचार संहीता हारिरहेको छ, लोकतन्त्रको आधार नैतिकताले हारिरहेको छ । यथार्थतः समग्रमा ती सबै लोकतान्त्रिक प्रतिमानहरुले हार खाइरहेका छन् जुन संबैधानिक ढाचामा संग्रहित र खडा गरिएका छन् । यसले गर्दा लोकतन्त्र एउटा मर्यादा बिनाको बस्तु बने बनाइएको छ । यस्तो अबस्थामा लोकतन्त्र एउटा खोक्रो अल्पतन्त्र, दलतन्त्र र केवल भिडतन्त्र मात्र भएर रहन्छ । आजका हरेक चुनाव स्थानीय, प्रादेशिक या संघीय सबैमा जातियता, क्षेत्रीयता र धार्मिक उन्मादलाई प्ररोक्ष या प्रत्यक्ष बढाई चढाई गरेर जीत हासिल गर्ने बिषाक्त बातावरण बनाइने गरेको छ । यसले राष्ट्रिय एकता खल्बल्याइरहेको छ र पारस्परिक सद्भावलाई पञ्छाइरहेको छ र राष्ट्रिय स्वाधीनतालाई कमजोर तुल्याइरहेको छ । वास्तवमा आजको हाम्रो चुनावमा सत्ता बल, धन बल र बाहु बल, छलछाम र असत्यले जितिरहेको छ । कतै कसैको पक्ष या बिपक्षमा खडा भएर भनिएको कुनै हल्का र पूर्बाग्रहपूर्ण कुरा यो होइन राष्ट्र र जनताले भोगिराखेको र कटु अनुभव गरिराखेको कुराको समग्र यथार्थ तस्वीरलाई उजागर गरेको मात्र हो ।

वास्तवमा लोकतन्त्रले जनतामा जुन भातृत्व, समानता र स्वतन्त्रताको आधार तयार गर्नु पर्ने हो त्यसो नगरी त्यसबाट बिमुख हुने या बिमुख पार्ने बाटो लिन्छ भने त्यो त्यतिबेला लोकतन्त्र रहँदैन । जनतलाई कमजोर पार्ने र अन्ध अनुशरणकर्ता बनाउने अबाञ्छित दबाब लोकतन्त्रभन्दा बाहिरको कुरा हो । लोकतन्त्र त जनताको जीवनसँग गासिएको उनीहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता जीवनका नभइ नहुने कुरा सुनिश्चित गर्ने माध्यम हो र हुनु पर्दछ । अन्यथा त्यो लोकतन्त्र रहँदैन र हुँदैन । यी आधारभूत कुरा उपलब्ध नभइ मानिस स्वतन्त्र, आत्मनिर्भर र स्वाधीन बन्ने आधार नै तयार हुँदैन । त्यसैले लोकतन्त्रलाई ‘जनताले जनताका लागि जनताद्वारा’ परिचालन गरिने पद्धति भनिएको हो र यो केवल चुनावमा मात्र सीमित छैन र त्यसरी ब्याख्या पनि गरिनु हुँदैन । चुनाव त यसको एउटा आंशिक प्रकृया र माध्यम मात्र हो । बास्तबिक लोकतन्त्र त जनताको जीवनको सर्बांगिण बिकासको आधार तयार गर्नु र त्यसलाई निरन्तरता दिइरहनु हो । त्यसैले यो आत्मा नभएको या सत्व नभएको लोकतन्त्रलाई अरु जे जे भनेर बढाई चढाई गरे पनि त्यसले देश र जनताको हक हित, सत्व र स्वाभीमानको रक्षा गर्न र तिनलाई सम्बृद्ध तुल्याउन सक्तैन भन्ने कुरा एकदमै प्रष्ट छ ।

«

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१५ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक