शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण,
नेपालमा स्वास्थ्य क्षेत्रमा कति धेरै विकृति फैलिसकेको छ र सर्वसाधारणलाई उपचारका लागि कति गाह्रो छ भन्ने पुष्टि गर्न हालै एउटा घटनालाई हेर्न सकिन्छ– रौतहटकी २५ वर्षीया पुनम कुमारीको आगोले जलेको कारण कीर्तिपुर अस्पतालमा आइतबार मृत्यु भएपछि श्रीमान् मनोज कुमार अहिले सास्ती भोगिरहेका छन् । श्रीमतीको मृत्यु भएपछि अस्पतालको बिल तिर्न नसक्दा उनले शव लैजान पाएका छैनन् । अस्पतालको १ लाख ८ हजार रुपैयाँ बुझाउन नसक्दा उनले शवको सद्गत गर्न नपाएका हुन् । आफूसँग भएको र सापट गरेको पनि पैसा सबै अस्पतालाई बुझाइसकेका उनलाई थप पैसा आउने अर्को बाटो छैन ।
९ पुसमा दुई महिनाको छोरालाई तेल लगाउने क्रममा कुमारीको लुगामा आगो सल्किएका कारण शरीर जलेको थियो । नजिककै गौर अस्पतालमा उपचार गर्दा ७० हजार रुपैयाँ र १८ पुसमा परिवारले कीर्तिपुर अस्पताल भर्ना गरेपछि ४ लाख रुपैयाँभन्दा बढी खर्च भएको मनोजले जनाए । तर, त्यति गर्दा पनि उनले श्रीमती बचाउन सकेनन्, अहिले पैसा नभएर शव पनि जलाउन पाएका छैनन् ।
यस्तो कथा खोज्दै जाने हो भने नेपालका हरेक अस्पतालमा भेटिन्छन् । विगतमा पनि अस्पतालमा लाग्ने उपचार खर्च तिर्न नसक्दा धेरै जना अस्पतालमै बन्धक बन्नुपरेको र कसैको शव निकाल्न नसकिएको समाचार आएका थिए । सरसर्ती हेर्दा पुरानै घटनाकै सिलसिला जस्तो लागे पनि मनोज जस्ताको यो घटनाले नेपालको स्वास्थ्य क्षेत्र कसरी गरिब र सर्वहारा वर्गको पहुँचभन्दा बाहिर पुगिरहेको छ भन्ने पुष्टि हुन्छ । साथसाथै राज्य पनि यस्ता वर्गलाई सुलभ स्वास्थ्य सुविधा दिन असफल भएको पनि मान्न सकिन्छ ।
यद्यपि, राज्यले स्वास्थ्य क्षेत्रमा केही सुधार गर्नका लागि स्वास्थ्य बिमा जस्तो अवधारणा नल्याएको होइन । तर, यसको प्रभावकारी कार्यान्वयनमा राज्य चुक्दा जनताले लाभ उठाउन सकेका छैनन् । स्वास्थ्य क्षेत्रमा अर्को चिन्ताजनक विषय हो, यो क्षेत्र दिनानुदिन निजी क्षेत्रको कब्जामा जानु र महँगो उपचार खर्च हुँदा पनि सरकारले नियमन गर्न नसक्नु । लोकतान्त्रिक मुलुकमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयलाई राज्यले नै चलाउने वा कडा नियमन गर्ने गरिएको हुन्छ । तर, नेपालमा भने यी दुवै क्षेत्र नै पूँजीपति वर्गको हातमा जाँदा र उनीहरुले मनपरी रुपमा शुल्क तोक्दा नेपालीहरुले सुलभ तथा स्तरीय शिक्षा र स्वास्थ्यबाट वन्चित हुनुपर्ने अवस्था आएको छ । अझ स्वास्थ्य त यस्तो क्षेत्र हो, जहाँ बिरामी भएपछि मान्छे पुग्नैपर्छ । तर, त्यसरी पुगेको बिरामी स्वास्थ्य क्षेत्रको माफियाको चंगुलमा फस्दा घरखेत नै गुमाएर उपचार खर्च जुटाउनुपर्ने अवस्थामा आएको छ ।
माथिको यो घटनाले पनि सरकार जनताको आधारभूत आवश्यकताहरुमा पकड र नियमन गुमाउँदै गएको स्पष्ट हुन्छ । यसले आगामी दिन झनै भयावह हुने देखिन्छ । समाजमा थोरै वर्ग मात्र पुँजीपति र आफ्नो आधारभूत आवश्यकताका लागि यथेष्ट गर्न सक्ने क्षमताको हुन्छ । ठूलो संख्यामा रहेका श्रमिक र सर्वहारा वर्ग, जो दैनिक मजदुरीबाट जीवन चलाइरहेका हुन्छन्, उनीहरु हरेक क्षेत्रमा बढ्दो महँगोलाई धान्न सक्दैन । राज्यले गर्नुपर्ने पनि यही वर्गका लागि हो । अहिले पनि देशमा कम्युनिस्ट पार्टी नेतृत्वको सरकार छ । कम्युनिस्ट सिद्धान्त नै सर्वहारा वर्गको हितमा काम गर्नु हो । जो श्रमिक, गरिब छ, उसको लागि शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी र सुलभ पहुँच बनाउनु नै समाजवादी सिद्धान्तको उद्देश्य हो । त्यसलाई वर्तमान सरकारले आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य संवेदनशील क्षेत्रलाई माफियाको चंगुलबाट मुक्त गराउन सक्नुपर्छ । नत्र भने आगामी दिनमा गरिब वर्गलाई यो देशमा अझै जीवन धान्न कठिन बन्नेछ, जुन कुरा न नेता, न समाज, न त देश, कसैका लागि पनि हितकर हुने छैन ।-जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१५ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक