काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका तीन जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २३ सय ५१ जनामा गरिएको परीक्षणमा कोरोना भाइरसका तीन जना नयाँ संक्रमित थपिएका हुन् ।
ती मध्ये ५७४५ जनाको पीसीआर गर्दा दुई जनामा तथा १७ सय ७७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ६ हजार ७ सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने मृत्यु संख्या शून्य रहेको छ ।
अहिले नेपालमा संक्रिय संक्रमितको संख्या १८ रहेको छ ।