काठमाडाैं । पुस ११ गते देखि माघ १० गते सम्मका लागि स्नातकोत्तर तहको प्रवेश परीक्षा फारम खुलेको भएता पनि त्रि.विले तीन बर्षे बि. ए तेस्र बर्षको नतिजा मिति २०७९।१०।२ गते बल्ल प्रकाशित गरेको हुनाले स्नात्तकोत्तर तहको प्रवेश परीक्षा फारम भर्ने मिती माघ २४ गते रातको १२ बजे सम्मका लागि सिङ्गल दस्तुर रु १५०० मा फारम भर्ने समय थप गरेको छ भने डबल दस्तुर रु ३००० मा २५ गते बिहान १ः०० बजे देखी२६ गते राती १२ः०० बजे सम्म खुल्ला गरेको छ ।
काठमाडौं उपत्यकाकाको केन्द्रमाबिन्दुमा रहेको क्याम्पस प्रदर्शनी मार्गमा अवस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा सन्ध्याकालिन सत्रमा र पाटन ढोकामा अवस्थित पाटन बहुमुखी क्याम्पसमा प्रभातीय सत्रमा नेपालभाषा स्नातककोत्तर तहको भर्ना खुलेको छ।
मातृभाषा शिक्षा क्षेत्रमा नयाँ क्रान्ति ल्याउन सफल मातृभाषा अभियान्ताहरुको २०७३ साल देखिको अथक प्रयासबाट रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नात्तक तहमा २०७७४ साल चैत्र १४ गते नेपालभाषा पुनः स्थापना गर्नुका साथसाथै २०७८ साल कार्तिक २६ गते देखि नेपालभाषा स्नातकोत्तर तहको अध्यापन विधिवत रुपमा सुभारम्भ भएको छ र मातृभाषा अभियान्ताहरु यति मैमात्र आफ्नो यात्रा सिमित नराखी विश्वभरी सभ्य समुदायको परिचय बोकेको नेवास् समुदायको नेवाः विश्वविद्यालय स्थापना गराउने महत्वकांक्षी अभियानका साथ अघि बधिरहेको छन्।
योसंगै विश्वमै शिष्ट भाषाको दर्जा पाएको नेवाः कला,संस्कार संस्कृती,रितिथिती, परम्परा, रहनसहन, कला, कौशल, वास्तुकला,कष्ठकला,लगायत विविध विधामा उच्च शिक्षा हासिल गर्न चाहानु हुने र नेपालभाषा सम्बन्धी अनुसन्धान गर्नेहरुकालागी पाटन क्याक्पसनै धाउनु पर्ने बाध्यता बाट राहत मिलेको छ।
स्नातकोत्तर तह प्रथम सेमेष्टरमा नयाँ बिद्यार्थी भर्ना हुन रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्नका लागि विद्यार्थीहरुले अनलाईन आवेदन फारम भर्दा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयको वेवसाइट www.tufhoss.edu.np मा गइ https://entrance.tufohss.edu.np/ मा रजिष्टर गरेर विषय छनौट गरि ऋबmउगकरऋयििभनभ छनैट गर्दा क्याम्पस कलेज छनौट गर्नुपर्ने छ ।


