चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार विज्ञप्ति जारी गर्दै चीन–अमेरिका बीचको सम्बन्धलाई खलल पुर्याउने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन्।
सार्वजनिक सञ्चार माध्यममा जनाइएअनुसार अमेरिकी रिपब्लिकन काङ्ग्रेसका केभिन म्याकार्थीले यसै वसन्तमा ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले त्यस भ्रमणको तयारी गरिरहेको बेला चीनको उक्त टिप्पणी सार्वजनिक भएको हो।
मन्त्रालयका प्रवक्ता माओले चीनले आफूसँग कूटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा कुनै प्रकारको दुई देशीय गतिविधिको विरोध गर्छ। रासस/सिन्ह्वा