वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार मधुवन नगरपालिका ९ का मानबहादुर बाठालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनले चेक अनादर गरी फरार रहेका बाठालाई जिल्ला अदालत वर्दियाले २०७८ भदौ २ गते ३ हजार जरिवानासहित कारवाहीको फैसला गरेको थियो । उनी लुकिछिपी बस्दैआएकोमा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको बोहराले बताए । त्यस्तै, सोही जिल्लाको बढैयाताल गाउँपालिका ८ बस्ने उपेन्द्रकुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । उनले पनि चेक अनादर गरी फरार सूचीका प्रतिवादी हुन् । जिल्ला अदालत वर्दियाले २०७८ पुस १२ गते उनलाई कारवाहीको फैसला भएको थियो । तर उनी लुकिछिपी बस्दैआएको प्रहरीको भनाइ छ । उनलाई पनि आइतबार प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । सोहीअनुसार ठाकुरबाबा नगरपालिका ३ बस्ने भग्गु थारु ज्यान कसुर गरी फरार रहेकोमा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको छ । ज्यान कसुरमा उनलाई जिल्ला अदालत वर्दियाले २०५२ असार ३२ गते एक महिनाको केद सजायको फैसला गरेको थियो । तर उनी लुकिछिपी बस्दैअएका थिए । सूचना अधिकारी बोहराका अनुसार तीनै जना प्रतिवादीलाई आवश्यक कारबाहीका लागि अदालत पेश गरिएको छ ।