बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

घाँसखेतीबाट आम्दानी गर्दै दाङका किसान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
घाँसखेतीबाट आम्दानी गर्दै दाङका किसान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

देउखुरी । घोराही–६ का खुसल डाँगी पेसाले शिक्षक हुनुहुन्छ । बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैँसी, १० वटा बाख्रा पाल्नुभएको छ । घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती गर्नुभएको छ । वरसिम घाँसबाट गाईवस्तु पाल्न सजिलोे भएको उहाँ बताउनुहुन्छ ।

पहिले तोरी, गहुँ र मसुरा खेती गर्ने त्यो जग्गामा अहिले वरसिम घाँस लगाउने गरेको उहाँ बताउनुहुन्छ । हरियो हुँदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र फल लागेमा बिक्री गर्न पाइने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “गाईवस्तुका लागि घाँस खोज्न भौँतारिनुपरेको छैन, घर छेउको खेतबाट सजिलै घाँस ल्याउन पाउँदा समयको बचत पनि भएको छ ।” गत वर्ष रु। एक लाखको वरसिम घाँस बेचेको उहाँले बताउनुभयो ।

घोराही–१७ कर्जाहीका अनिल चौधरीले दुईवटा दुहुना भैँसी र आठवटा बाख्रा पाल्नुभएको छ । उहाँको मुख्य पेसा कृषि नै हो । उहाँले पनि घर नजिकैको १३ कट्ठा खेतमा वरसिम घाँस लगाउनुभएको छ । आफैँले बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गत वर्ष रु ७० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ ।” गहुँ र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसान घाँस खेतीमा आकर्षण बढेको छ ।

यसैगरी घोराही–७ का रुपक बुढाले पनि १३ कट्ठा खेतमा वरसिम घाँस खेती गर्नुभएको छ । वरसिम घाँँस एक याममा पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा धान उत्पादनमा समेत वृद्धि हुने उहाँको अनुभव छ । घाँस छरेपछि गोडमेल र स्याहार्ने झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेडा, बाख्रा र कुखुरालाई समेत यो घाँसले फाइदा पु¥याउँछ । उहाँले पनि गत वर्ष रु। ९० हजारको घाँस बिक्री गर्नुभएको थियो ।

किसानले आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने गरेको भए पनि दाङका किसानले घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषकहरुले व्यावसायिक रुपमा वरसिम घाँस खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–५, ६, ७ र १७ का किसान प्छिल्लो समयमा घाँस खेतीतर्फ आकर्षित बनेका छन् ।

धान खेतीपछि वरसिम घाँस खेती गर्ने गरिन्छ । वरसिम घाँस एक वर्षीय हिउँदे कोसे घाँसबाली हो । यसलाई भुइँघाँस पनि भन्ने गरिन्छ । यो घाँस दूध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ । बर्सातको समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । घोराही–६ का कृषकले १० कट्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन् ।

पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ । दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–६ को गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाँउ, वेरगै, फचकपुर र अघरा घोराही–१७ को गैरागाउँका किसानहरुले वरसिम घाँस खेती गरेका छन् । अहिले उक्त क्षेत्रमा रहेका एक सय ८० घरपरिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । जोत्न, मल हाल्नु नपर्ने तथा लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ ।

उहाँका अनुसार जिल्लामा अहिले एक हजार दुई सय हेक्टरमा वरसिम घाँस खेती गरिएको छ । व्यावसायिक रुपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । गत वर्ष सङ्घले ३५ लाखको घाँस बिक्री गरेको थियो । यस वर्ष वरसिम घाँसको बीउ करिब ७० लाखको बिक्री हुने अनुमान गरिएको छ ।

घोराही–६ मा २०५६ सालदेखि नै व्यावसायिक रुपमा घाँस खेती सुरु भएको थियो । घाँसको उत्पादन राम्रो भएपछि घाँसको बीउ बिक्रीका लागि शिवशक्ति घाँसको बीउ उत्पादक सङ्घको कृषि सहकारी स्थापना भएको हो । प्रतिकट्ठा ३० देखि ३५ केजीसम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाले तीन सय ३९ किसानलाई दुई हजार तीन सय ४८ किलो वरसिम घाँस ५० प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखाप्रमुख खिमबहादुर बस्नेतले बताउनुभयो ।

हिउँदे घाँस वरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुन महिनामा काटेर गाईभैंसीलाई खुवाउन सजिलो हुन्छ । दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, पाल्पा, बाँके, बर्दिया, प्यूठान, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, कास्की, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा बिक्री हुने गरेको बताइएको छ ।

कृषकले एक किलो घाँसको बीउ रु। दुई सयमा बिक्री गर्ने गरेका छन् । सङ्घले ग्रेडिङ गरेर प्रतिकिलो एक सय ६५ देखि दुई सय २० सम्ममा बिक्री गर्ने गरेको छ । वरसिम घाँसलाई घाँसको राजाका रुपमा पनि लिने गरिन्छ । यो घाँस गाई, भैँसी, बाख्रा, कुखुराले राम्रो मानेर खाने गर्दछन् । जिल्लामा गाई, भैँसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानहरुले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले जानकारी दिनुभयो । खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको भट्टले बताउनुभयो । घाँस खेती गरेका किसानले हरियो घाँस, फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन् ।

लमही नगरपालिकाका किसानलाई व्यावसायिक रुपमा पशुपालन गर्न प्रोत्साहित गराउने उद्देश्यले अनुदानमा घाँसको बीउ वितरण गरेको लमही नगरपलिकाका प्रमुख जोगराज चौधरीले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन भएको बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौं,” उहाँले भन्नुभयो । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको उहाँको भनाइ छ । रासस

यो पनि पढ्नुहोस्

इरानले जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रस्ताव अघि सारे

तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

३० मिनेट अगाडि
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक