काठमाडौं । कीर्तिपुर—९ वडा छुगाउँमा सरस्वती पुजाको अवसर पारेर स्मार्ट किड्स एकेडेमी कक्षा सञ्चालन गरेकाे छ ।
बालबालिकाहरुको उच्च गुणस्तरको प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा प्रदान गर्न दृढ संकल्प तथा सम्र्पणका साथ सञ्चालनमा गर्ने तथा विद्यालयमा इसिडि र मन्टेश्वरी आधारित शिक्षण उपकरण र पाठ्यक्रम विकासका साथै शिक्षण अभ्यासहरू, समयसँगै, नेपालमा पूर्व—प्राथमिक शिक्षाको क्षेत्रमा नमूनाको रूपमा काम गर्ने प्रधानाध्यापिका रजिना खड्गीले जनाइन् ।
वैज्ञानिक शिक्षण प्रणालीका आधारमा अध्यापन गराइने पूर्व प्राथमिक विद्यालयले गुणस्तरीय प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा प्रदान गर्ने तथा प्रत्येक वर्ष कक्षा थप्दै लक्ष्य लिएकाे छ । रिदेन मर्हजन



