सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको सहकार्य आवश्यक : उपसभापति खड्का

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको सहकार्य आवश्यक : उपसभापति खड्का
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने जनाएका छन् ।

गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९ औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उनले प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको समन्वय र सहकार्य आवश्यक भएको बताए । ‘अब्बल विद्यार्थी उत्पादन गर्नका लागि शिक्षकले राम्रो शिक्षा दिनुपर्छ, अभिभावकले त्यसको वातावरण तयार गरिदिनुपर्छ, विद्यार्थीले मन लगाएर पढ्नुपर्छ,’ उनले भने, ‘यी तीन पक्षको समन्वय र सहकार्य हुन सक्यो भने मात्रै गुणस्तरीय र अब्बल विद्यार्थी उत्पादन गर्न सकिन्छ ।’

उपसभापति खड्काले विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप र जीवन जिउने कला सिकाउनु आवश्यक रहेको बताए । ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र अनुशासन, चरित्र र जीवन पद्धति सिकाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘अनुशासन, चरित्रवान् र जीवन पद्धति बुझेको विद्यार्थी अहिलेको आवश्यकता हो ।’

उपसभापति खड्काले विद्यालयले राखेका माग पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनले विद्यालयलाई आवश्यक बसका साथै पूर्वाधार निर्माणको माग पूरा गर्ने उनको भनाइ छ । उपसभापति खड्काले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए । ‘सरकार फेरबदल हुँदा चुनावमा गरिएका वाचा पूरा हुँदैनन् कि भन्ने मतदातामा चिन्ता देखियो,’ उनले भने, ‘हामीले पाँच वर्षका लागि जे-जे वाचा गरेका थियौँ, ती सबै पूरा हुन्छन् ।’

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले पालिकाभित्रका अभिभावक नभएका बालबालिकाको अभिभावकत्व नगरपालिकाले ग्रहण गरेको बताए। ‘त्यस्ता बालबालिकालाई यसै विद्यालयमा आवासीय रुपमा राखेर शिक्षाको प्रबन्ध मिलाएका छौँ,’ उनले भने, ‘कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित नहुन भन्नेमा हामी चनाखो छौंँ ।’ उनले आवासीय विद्यालयको भौतिक पूर्वाधार सुधार र प्रविधितर्फ पालिकाले सहयोग गर्दै आइरहेको जनाए ।

यो पनि पढ्नुहोस्

सरकारी खर्च मितव्ययी बनाउन निर्देशन

सरकारी खर्च मितव्ययी बनाउन निर्देशन

२ घण्टा अगाडि
आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक सुरु

देशका विभिन्न स्थानमा  बदली

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक