बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नारायणगढ–बुटवल सडक विस्तारमा न्यून प्रगति

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
नारायणगढ–बुटवल सडक विस्तारमा न्यून प्रगति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ ।

चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेड’का टिम लिडर क्वाङसिक पार्कका अनुसार कोभिड–१९, रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतमा ढिलाइ हुँदा सडक विस्तारको काममा ढिलाइ भएको हो । “सुरुआती अवस्थामा उपकरण परिचालन, रुख कटानमा निकुञ्ज र वनबाट स्वीकृति आउन ढिलाइ, बिलुजीको पोल सार्न ढिलाइ भयो”, उहाँले भन्नुभयो, “जिल्लाका क्रसर उद्योग बन्द हुँदा सडक विस्तारको काम प्रभावित बनेको छ ।” निर्माण कम्पनीले राम्रोसँग काम गर्न नपाउँदा सडक विस्तारको काममा ढिलाइ भइरहेको पार्कले बताउनुभयो ।

क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको छ । सडक विस्तारको काम सक्नुपर्ने समय सीमाभित्र अझै पनि सडकको अवरोध नहटेको निर्माण पक्षको भनाइ छ । “अहिलेसम्म रुख कटानको काम ९९ प्रतिशतमात्रै सकिएको छ”, पार्कले भन्नुभयो, “विद्युत् पोल सार्ने काम ३० प्रतिशतमात्रै पूरा भएको छ, सडक विस्तारमा समस्या भएको छ ।”

निर्माण कम्पनीका नेपालस्थित प्रतिनिधि सु यानले आयोजनाको म्याद करिब एक वर्ष थप भएको भन्दै त्यो समयसम्म ५० प्रतिशत प्रगति हासिल गरिने बताउनुभयो । “यहाँका जनताको गुनासो र पीडाबारे हामी अवगत छौँ, हामीले कामलाई तीव्रता दिएका छौँ”, यानले भन्नुभयो । हालसम्म नारायणगढ–बुटवल सडकको प्याकेज–१ मा २२ प्रतिशत र प्याकेज–२ मा २३ प्रतिशत काम भएको छ । गैँडाकोटमा एक सय १० मिटर परीक्षण कालोपत्र तथा विभिन्न ठाउँमा ठूला तथा साना पुल निर्माणलाई तीव्रता दिइएको छ ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इञ्जीनियर रमेश दिष्टीले निर्माण कम्पनीलाई काम चाँडो गर्न निरन्तर ताकेता गरिरहेको बताउनुभयो । “समयमा काम सक्नका लागि कामदार थप्नुपर्ने, यान्त्रिक उपकरण बढाउनुपर्ने भएकाले हामीले त्यसैअनुरुप दबाब दिँदै आएका छौँ”, उहाँले भन्नुभयो । अहिले गैँडाकोटबाट डण्डासम्म सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डभित्र पर्ने संरचना हटाउने तथा रुख काट्ने काम सकिन लागेको छ ।

दुई प्याकेजमा निर्माण भइरहेको एक सय १४ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डको प्याकेज–१ मा ६५ तथा प्याकेज–२ मा ४९ किलोमिटर सडक पर्दछ । प्याकेज–१ को लागत रु नौ अर्ब १५ करोड ७२ लाख तथा प्याकेज–२ को लागत रु सात अर्ब ८६ करोड ३२ लाख छ । एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तार भइरहेको आयोजनाले जनाएको छ । रासस

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

२४ मिनेट अगाडि
एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय

डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डको बलात्कारको आरोप

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक