बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मूल्य घटेपछि अलैँची कृषक चिन्तित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मूल्य घटेपछि अलैँची कृषक चिन्तित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भोजपुर । अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् ।

धान, तथा मकै बाली हटाएर व्यावसायिक रुपमा अलैँची खेती गरिरहेका किसानले मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । गत वर्षको तुलनामा यस वर्ष ४० प्रतिशतको हारहारीमा मूल्य गिरावट आएको भोजपुरको टेम्केमैयुङ गाउँपालिका(५ चोलन्तीका अलैँची कृषक चक्रबहादुर विष्टले जानकारी दिनुभयो ।

यस वर्ष चोलन्ती गाउँमा रहेको करिब छ सय मन अलैँची प्रतिमन रू २४ हजारका दरले मात्र बिक्री भएको उहाँले बताउनुभयो । “यस वर्षमा अलैँचीले सोचे जस्तो मूल्य पाएन”, विष्टले भन्नुभयो ।

अलैँचीको मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अलैँचीको खेतीमा लागेका किसानहरु मारमा परेको उहाँको भनाइ छ । विगतमा राम्रो मूल्य पाएपछि किसानहरुले हौसिएर अलैँची खेती गरेको भए पनि अहिले निराशा छाएको विष्टले बताउनुभयो ।

“अहिले अलैँचीको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “मैले यस वर्ष १० मन अलैँची उत्पादन गरे । त्यसको गोडमेल तथा टिप्नका लागि एक सय ५० जना बढी खेताला लगाएको छु । अहिलेको मूल्य हेर्दा उनीहरुलाई दिने पैसा नै नपुग्ने अवस्था छ ।”

मूल्यमा गिरावट आउन थालेपछि कतिपय कृषकले बगान नै गोड्न छाडेको कृषक विष्टको भनाइ छ । यसरी नै मूल्य घट्दै जाने हो भने अलैँचीको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

“पाँच÷छ वर्षअघिसम्म अलैँचीको मूल्य राम्रो थियो”, विष्टले भन्नुभयो, “हामीले नै प्रतिमन रु एक लाख २० हजारसम्म बेचेका थियौँ । त्यो बेला मूल्य राम्रो पाएपछि धान खेत मासेर अलैँची लगाइयो अहिले समस्या भयो । समय फेरियो अब फेरि अलैँचीको विकल्पमा अरू बाली लगाउनुपर्ने अवस्था छ ।”

अलैँचीले राम्रो मूल्य पाएपछि विदेश जान छाडेर यही व्यावसायिक खेतीमा लागेको भए पनि मूल्यमा आएको गिरावटको कारण समस्या भएको युवा अलैँची कृषक सुवास विष्टले बताउनुभयो ।

कुल ११ रोपनीभन्दा बढी जमिनमा खेती विस्तार गरेको भए पनि सोचेजस्तो मूल्य पाउन नसकेकेको उहाँको भनाइ छ । “स्वदेशमा नै केही गरौँ भनेर व्यावसायिक अलैँची खेती गरिरहेको छु”, कृषक विष्टले भन्नुभयो, “मूल्य स्थिर छैन । हामी जस्ता किसानको समस्यालाई ध्यानमा राखेर सरकारले बजारीकरणमा ध्यान दिन आवश्यक छ ।”

मूल्यमा आउने गिरावट, अलैँचीमा लाग्ने रोग, सुक्खा खडेरीलगायत विविध कारण अलैँचीको उत्पादन घट्दै गएको स्थानीय किसान पुष्कर विष्टले बताउनुभयो । “मूल्यको कारण किसानमा निराशा छ”, उहाँले भन्नुभयो, “किसानले पहिला जस्तो मिहेनत गर्न छाडेको अवस्था छ । जसको कारण बर्सेनि उत्पादन पनि घटेको अवस्था छ । बर्सेनि मूल्य कमी हँुदै जाँदा खेती विस्तारमा पनि धेरै कृषकहरुले कमी गरेका छन् ।”

पछिल्लो समय अलैँची किसानमा निराशा छाएको जिल्ला अलैँची व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष नवीन प्रधानले बताउनुभयो । अलैँची किसानलाई मूल्यमा आएको गिरावटसँगै रोग, किरा तथा बाँदरका कारण उत्पादनमा समस्या रहेको उहाँले जानकारी दिनुभयो ।

“मूल्यमा आउने उतारचढावका कारण अलैँची किसानमा निराशा छ”, अध्यक्ष प्रधानले भन्नुभयो, “मूल्य घटेको कारण किसानको श्रम ज्याला नउठ्ने अवस्था छ । सरकारले यसको उचित मूल्य निर्धारण गरेर बजारीकरणमा ध्यान दिए किसानमा उत्साह थपिने थियो ।”

अलैँचीको उत्पादन पनि कुल बर्सेनि कमी हुँदै आएको उहाँको भनाइ छ । ४० रोपनी क्षेत्रमा अलैँचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा सात सय १९  हेक्टर क्षेत्र अलैँची खेतीयोग्य जमिन रहेको भए पनि पाँच सय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ  । केन्द्रका अनुसार  गत वर्ष भोजपुरमा दुई सय ३२ मेट्रिक टन अलैँची उत्पादन थियो ।

भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, चोलन्ती, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा,  हेलौछा, गुप्तेश्वरलगायत १७ बढी ठाउँमा मुख्य  रुपमा अलैँची उत्पादन हुने गर्दछ ।

यो पनि पढ्नुहोस्

इरानले जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रस्ताव अघि सारे

तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

३१ मिनेट अगाडि
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक