बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

राष्ट्रपतिको चुनावअघि नै एकता नभए मोर्चा बनाउने तयारी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
राष्ट्रपतिको चुनावअघि नै एकता नभए मोर्चा बनाउने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ — राष्ट्रपति निर्वाचनअघि नै पार्टी एकता नभए मोर्चा निर्माण गर्ने विषयमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबार छुट्टाछुट्टै वार्ता भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच छलफलपछि वार्ता टोली सक्रिय भएको हो । आइतबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा जसपा र एकीकृत समाजवादीका वार्ता समितिबीच छलफल भएको थियो । जसमा एकीकृत समाजवादीको तर्फबाट महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय विजय पौडेल र प्रकाश ज्वाला सक्रिय रहेका थिए ।

जसपातर्फबाट अशोक राई र राजेन्द्र श्रेष्ठसहितका नेताको सहभागी रहेका थिए ।

त्यसैगरी दिउँसो एकीकृत समाजवादी र माओवादी केन्द्रको वार्ता टोलीबीच माओवादी मुख्यालय पेरिसडाँडामा वार्ता भएको थियो । जसमा माओवादीका नेता कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत सहभागी थिए । ‘तीनै दलका अध्यक्षबीच गोप्य स्थानमा छलफलपछि वार्ता टोली सक्रिय भएको हो,’ वार्ताको विषयमा जानकार स्रोतले भन्यो, ‘नेताहरुबीच राष्ट्रपति निर्वाचनअघि नै एकता नभएर मोर्चा निर्माण गर्ने विषयमा तयारी रहेको छ । त्यसैअनुसार आइतबारबाट वार्ता सुरु भएको हो ।’ राष्ट्रपति निर्वाचन माघ २८ अघि नै गरिसक्नु पर्ने छ । संवैधानिक राष्ट्रपति भए पनि कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा सरकार निर्माणसहित विषयमा भूमिका महत्वपूर्ण हुने अनुमान गरिदै आएको छ । एमालेले राष्ट्रपति आफ्नो दलले पाउने गरी गठबन्धनभित्र सहमति रहेको जनाउँदै आएको छ ।

वार्ता टोलीका सदस्य रहेका एकीकृत समाजवादी उपमहासचिव प्रकाश ज्वालाले ३ दलबीच एकताका लागि वार्ता सुरु भएको बताए । ‘तीनै दलबीच वार्ता सुरु भएको छ । पहिलो चरणमा दस्तावेजको आदान प्रदान गरेका छौं,’ ज्वालाले भने, ‘आजको वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारीलगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल हुनुको साथै दुई पार्टीबीच पार्टीका दस्तावेजहरु आदानप्रदान गरिएको छ ।

आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबिच सम्वादलाई निरन्तरता दिने सहमति भएको छ ।’ माओवादी केन्द्र र एकीकृत समाजवादीले आमनिर्वाचनअघि नै एकताका लागि एकता संयोजन समिति बनाएको थियो । प्रतिनिधिसभामा ३२ सीट रहेको माओवादी सरकारको नेतृत्व गरिरहेको छ भने १२ सीट रहेको जसपाले सत्ता गठबन्धनमा रहेको छ । मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको छैन । १० स्थान रहेको एकीकृत समाजवादी भने विपक्ष दलको रुपमा रहेको छ । चुनावअघिको कांग्रेससहितको गठबन्धनमा भने ३ वटै दल एकै स्थानमा रहेका थिए ।

यो पनि पढ्नुहोस्

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

२९ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

नख्खु कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

रक्तदानका लागि विशेष अनुरोध

एनपीएल नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक