एजेन्सी । पाकिस्तानको राष्ट्रिय विद्युत् प्रसारण लाइनले पर्याप्त बिजुली दिन नसक्ने भएपछि देशभरि बिजुली गएको त्यहाँको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । कराँची, लाहोर र इस्लामाबाद लगायत देशका सबै प्रमुख शहरहरू यसबाट प्रभावित भएका छन् ।
फेरि बिजुली आउनका लागि १२ घन्टा लाग्ने पाकिस्तानका ऊर्जामन्त्री खुर्रम दस्तगिरले बताए । विद्युतीय पूर्वाधारहरूलाई समयसमयमा मर्मत गर्न नसकेका कारण पाकिस्तानमा विद्युत् आपूर्तिको समस्या बल्झिने गरेको छ । अर्थतन्त्र नै कमजोर भएकाले सरकारले विद्युतमा समेत ध्यान दिन सकेको छैन ।
देशमा विदेशी मुद्रा सञ्चिति घटेपछि पाकिस्तान सरकारले ऊर्जा बचतका लागि योजना समेत सार्वजनिक गरेको छ ।