बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

उपप्रमुख बिसन राईले पत्रकारको मानमर्दन गरेको भन्दै महासंघ खोटाङको ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
उपप्रमुख बिसन राईले पत्रकारको मानमर्दन गरेको भन्दै महासंघ खोटाङको ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईले पत्रकारको मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । जायजुम अनलाइनका पत्रकार दिवस रिजालले उपप्रमुख राईको आठ महिनाको सेवा सुविधा सम्वन्धी लेखेको समाचारका विषयमा उपप्रमुख राईले पत्रकारको मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघ शाखा खोटाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमार्फत गालीगलौजमा उत्रिएका उपप्रमुख राईले माघ ५ गते आफ्नो कार्यकक्षमा पत्रकारलाई बोलाएर मानमर्दन हुने गरी अभिव्यक्ती दिएको महासंघले जनाएको छ ।

प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने र सम्बन्धित सञ्चारमाध्यमले खण्डन प्रकाशित नगरे कानूनी उपचारमा जाने प्रावधान हुँदाहुँदै उपप्रमुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिबाट ‘गुहु खुवाएर सत्कार गर्छु, पत्रुकार केटो, प्याउसो, फुच्चे’ जस्ता शब्दहरु प्रयोग गरेर पत्रकारलाई गालीगलौज गरेको भन्दै महासंघका अध्यक्ष दिलीप खत्रीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत खेद प्रकट गरेका छन् । माघ ५ गतेको छलफलकै क्रममा उपप्रमुख राईले पत्रकार रिजाललाई ‘केटो, पत्रुकार’ जस्ता शव्द प्रयोग गरेको महासंघका अध्यक्ष खत्रीले बताए ।

‘यसभन्दा अगाडि पनि उपप्रमुख राईले पत्रकारहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत अभद्र शब्दहरु सम्प्रेषण गरेका थिए । पत्रकार सम्मेलनमा उपप्रमुख राईले बोले भनाइ रेर्कड र उनले सामाजिक सञ्जालमा पटक–पटक उल्लेख गरेका क्रियाप्रतिक्रियाहरु पत्रकार महासंघसँग सुरक्षित छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय नेतृत्व र सञ्चार क्षेत्रवीच साविक रुपमा सौहार्दता कायम गर्न महासंघ आग्रह गर्दछ ।’

महासंघले पत्रकार रिजाललाई पनि समाचारको सत्यतथ्यको विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र महिना दिन निगरानीमा राख्ने निर्णय गरिएको जनाएको छ ।

 

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

नख्खु कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ

४४ मिनेट अगाडि

सहकारी समस्या सरकारले फास्ट ट्रयाकमा हल गर्ने प्रक्रिया अगाडि बढायाे

५२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

विभिन्न स्थानमा हिमपातको जोखिम

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक