काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरिह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताएका छन् । पछिल्लो समय श्रममन्त्रीमाथि लागेको आरोप पुष्टि भएमा कारवाही गर्ने उनको चेतावनी छ ।
केही सञ्चारकर्मीहरुसँगको कुरामा मन्त्री लामिछानेले त्यस्तो बताए । अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ नि ? पत्रकारको जिज्ञासामा सभामुखको रुलिङ नभएका कारण नसमातिएको उनको भनाइ छ । गलत काम गर्नेलाई कारबाही गर्न पछि नहट्ने उनले प्रतिवद्धता जनाए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए त्यसको पुष्टि गरेर जानकारी दिन पनि मन्त्री लामिछानेले आग्रह गरे । श्रममन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको भन्दै उनको बिरोध भइरहेको छ । उनी संलग्न भएको पाएमा खबर गर्न र संलग्न पाए आफैँ पहिलो कारबाही गर्ने मन्त्री लामिछानेले बताए ।