आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नेपालमा विमान दुर्घटना बढी किन हुन्छन् ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा विमान दुर्घटना बढी किन हुन्छन् ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण,
केही दिनअघि मात्र पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा यात्रु ६८ र चालक दलका ४ जना गरी ७२ जनाको मृत्यु भयो । यो दुःखद घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो । नेपालमा विमान दुर्घटनाको श्रृंखलामा यो पछिल्लो घटना अझै ठूलो थियो । नेपालीसहित भारतीय, रुसीलगायत विदेशी नागरिकको पनि यो दुर्घटनामा मृत्यु भएको छ । यो विमान किन दुर्घटनामा प¥यो भन्ने जाँच गर्न सरकारले पूर्वसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ ।
विमान अवतरणको केवल १० सेकेन्ड अगाडि यो दुर्घटना भएको थियो । चालकले बस्तीलाई बचाई खोंचमा लगेर दुर्घटना गराएका थिए । उक्त दिनको पहिलो उडानमा सोही विमान उनै चालकले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए । दोस्रो चोटि काठमाडौंबाट जाँदा भने उनले साबिकको अवतरण धावनमार्गको प्रयोग नगरी अर्कोतर्फबाट अवतरणका लागि अनुमति मागेका थिए । त्यतिबेलासम्म उनले कुनै समस्या भएको विमानस्थल टोलीलाई जानकारी दिएका थिएनन् । अर्कोतर्फ उनले किन विमान अवतरण गराउन अनुमति मागे र यसबीचमा विमानमा त्यस्तो के समस्या आयो, जसका कारण दुर्घटना भयो भन्ने अझै खुलिसकेको छैन ।
यी तथ्य विस्तारै खुल्दै जालान्, तर विमान सञ्चालनको दृष्टिले नेपाली आकाश सुरक्षित नरहेको अन्तर्राष्ट्रियलाई भने यसले अझ मलजल गर्ने भएको छ । नेपालको हवाई उड्ययन इतिहासमा हालसम्म हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणको अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा भएको यो ५० औं दुर्घटना हो । त्यस्तै नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् । यी दुर्घटनामा अहिलेसम्म साढे ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यसअघि गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । सुगम उडानमा यतिको नाममा ५ वटा एटीआर विमान भएको यो कम्पनीसँग अब ४ वटा एटीआर बाँकी छन् ।
बढी विमान दुर्घटना हुँदा नै ईयूले नेपाललाई कालोसूचीमा राख्दै आएको छ । हालै मात्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ० ले नेपालको उड्डयन क्षेत्र सुरक्षित बन्दै गएको विवरण सार्वजनिक देखिएको थियो । त्यसकारण ईयूले नेपाललाई लगाएको कालोसूची पनि हट्ने सम्भावना पनि बढ्दै गएको थियो । यो विमान दुर्घटनाले त्यो अपेक्षालाई निराशामा परिणत गरेको छ । यसले नेपालको पर्यटनदेखि धेरै क्षेत्रमा असर पर्ने निश्चित छ ।
हालसम्मका विवरण अनुसार नेपालमा मौसम गडबडी, जहाजको अवस्था, चालक दलको दक्षता आदिका कारण दुर्घटना हुँदै आएका छन् । ईयूले पनि नेपालको हवाई सेवाको क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालिम हुनेपर्नेमा जोड दिँदै आएको छ । त्यस्तै, जहाजको अवस्था झन् महत्वपूर्ण छ । हालै दुर्घटना भएको यतीको जहाज पनि दुई मुलुकमा सञ्चालन भएर नेपालमा आएको देखिएको छ । उडानअघि जहाजको अवस्था कस्तो थियो भन्ने पनि अझै खुलिसकेको छैन । नेपालका अधिकांश विमान कम्पनीहरुले यस्तै पुराना जहाजहरुलाई प्रयोग गर्दै आएका छन्, जुन अति नै जोखिमपूर्ण छन् । यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सबै हवाई जहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्न मन्त्रिपरिषद् बैठकले निर्देशन दिँदै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिइएको जनाएका छन् । यस घटनाबाट सरकार र सम्बन्धित निकायले पाठ सिक्न जरुरी छ ।-जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१२ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक