काठमाडौं । स्थानीय बजारमा सुन प्रतितोला एक लाख पाँच हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य १०० रुपैयाँले घटेर कारोबार भएको हो । गत वर्षको फागुन २५ गते एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो । त्यसयता एक लाखभन्दा कम मूल्यमा कारोबार भएको सुन अहिले उच्च विन्दु छुने प्रयासमा रहेको देखिन्छ ।
आज तेजावी सुन प्रतितोला एक लाख चार हजार ६०० रुपैयाँम कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबारको तुलनामा तेजावी सुन प्रतितोला १०० रुपैयाँ घटेको हो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।