काठमाडौँ – सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेको छ।
सोमबार राति बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले दलहरुबीच मन्त्रालयको बाँडफाट टुंग्याएको हो।
सत्ता साझेदार दलका प्रमुख रहेको संयन्त्रको बैठक बस्नुअघि बिहान प्रधानमन्त्री र संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामोे छलफल भएको थियो।
दुई नेताबीच भएको छलफलपछि बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेले ८ वटा मन्त्रालयसहित दुई राज्यमन्त्री पाउने भएको छ।
माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री, राप्रपाले र रास्वपाले ३३ मन्त्री र एकएक राज्यमन्त्री पाउने भएका छन्।
जसपालाई दुईवटा मन्त्रालय दिन गठबबन्धनमा आबद्ध दल सहमत भएका छन्। उसले आफूलाई तीन मन्त्रालय दिनुपर्ने माग राखेको छ। उपप्रधानमन्त्री रवि लामिछानेका अनुसार मंगलबार दिउँसो १ बजे मन्त्रीहरुको शपथ ग्रहण तय भएको छ।