काठमाडौँ / सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टीले मन्त्रालय भागबन्डामा असहमति जनाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा रातिसम्म बसेको बैठकका निर्णय मंगलबार बिहानसम्म नमिलाए तत्त्काल सरकारमा सहभागी नहुने जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई भनेको छ ।
सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जसपालाई २ वटा मन्त्रालय दिने प्रस्ताव गरिएको थियो ।
जसपाले मधेस प्रदेशमा मुख्यमन्त्री पाइसकेकोले यहाँ उसलाई २ मन्त्रालय मात्र दिने प्रस्ताव गरिएको हो । उपप्रधानमन्त्री रवि लामिछानेले मंगलबार योबारे कुरा हुने बैठकपछि जानकारी दिएका छन् ।