बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जहाज ‘ओभरब्याङ्‍किङ’ भएको हो?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जहाज ‘ओभरब्याङ्‍किङ’ भएको हो?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । यती एयरलाइन्सको नाइन एन-एएनसी एटीआर-७२ जहाज आइतबार बिहान १० बजेर ५१ मिनेटमा पोखरा सेती खोचमा दुर्टघनाग्रस्त भयो। जसमा चालक दलका चारसहित ७२ जना सवार थिए। जहाज वरिष्ठ क्याप्टेन कमल केसी र पाइलट अञ्जु खतिवडाले उडाएका थिए। एयरहोस्टेस सिर्जना होङ्चुन र ओसिन आलेमगर रहेका थिए।

पोखराको नयाँ विमानस्थलमा मौसमको समस्या हुने गरे पनि आइतबार भने मौसम खुला थियो। विमानस्थलबाट धमाधम उडान भइरहेका थिए। काठमाडौं विमानस्थल तथा नागरिक उड्डयनका अधिकारीहरूले बाह्य तथा प्राविधिक खराबीको कुनै पनि रेकर्ड नभएको बताइरहेका छन्।

पोखरा तथा इनरुट मौसम सफा रहेको तथा अन्तिमपटक एटीसी टावरसँग सम्पर्क हुँदा पनि चालक दलले कुनै पनि समस्या उल्लेख गरेको थिएन।

सरकारले दुर्घटनाको जाँचबुझ गर्नका लागि छानबीन समिति बनाइसकेको छ। समितिले प्रश्नहरूको उत्तर पनि खोजी गर्ला। तर प्राविधिकदेखि मौसमीसम्म कुनै पनि पूर्वसमस्या उल्लेख नभएको जहाज किन र कसरी एक्कासी दुर्घटनाग्रस्त भयो?  मुख्य प्रश्न यही रहेको छ।

जहाजमा नयाँ क्याप्टेनको क्लियरेन्सका लागि पाइलट खतिवडाले सबै उडानको जिम्मा लिएकी थिइन्। दुर्घटनामा परेको यतीको नाइन एन-एएनसी एटीआर-७२ जहाजमा प्रशिक्षक पाइलट (आईपी) को रुपमा थिए कमल केसी। आईपी केसी र पाइलट अञ्जु खतिवडाबीच तालमेलमा समस्या हुँदा जहाज दुर्घटना भएको प्राविधिहरूले प्रारम्भिक आँकलन  गरेका छन्।

खतिवडा क्याप्टेन हुनका लागि आजको उडान अन्तिम थियो। काठमाडौंदेखि नै पाइलट खतिवडालाई आईपी केसीले देब्रेतर्फको जिम्मा दिएका थिए। जहाज उडान र अवतरणमा सबै भूमिका देब्रेतर्फबाटै हुने भएकोले खतिवडाले जहाज उडान सम्हालेकी थिइन्। आज सफल उडान गरेपछि क्याप्टेन ‘क्लियरेन्स’ को सर्टिफिकेट पाउने चरणमा थिइन् खतिवडा।

असामान्य समस्याका बीचमा पहिलोपटक फुल कमान्डको जिम्मा लिएको पाइलट हुँदा अप्ठ्यारो भएको हुनसक्ने जानकारहरूले उल्लेख गरेका छन्।

कुनै पनि जहाज उडाउँदा वा अवतरण गराउँदा त्यसको तौलदेखि गतिको सीमा निर्धारण गरिएको हुन्छ। इन्जिनियरिङ परीक्षणबाटै यस्तो सीमा निर्धारण गरिन्छ। कुन तहभन्दा माथि खतरा, तल भए कतिमा खतरा जस्ता कुरा सबै निर्धारित हुन्छन्।

अवतरणका लागि न्यूनतम गतिको सीमा हुन्छ। यस्तो गतिको सीमा निर्धारणमा विभिन्न फ्याक्टर हुन्छन्। जस्तो अवतरण हुने ठाउँको तापक्रम, हावाको गति र दिशा, जहाजको तौल, इन्धनको तौल जस्ता सबै फ्याक्टर आएपछि गति निर्धारण गरिन्छ।

overbank.jpeg

‘आज दुर्घटनामा पर्नुभन्दा पहिले देखिएका भिडियोमा जहाजको स्पिड एक्कासी घटेको देखिन्छ। अवतरणका लागि नयाँ विमानस्थलतिर मोडिँदा स्पिड कम भएको देखिन्छ’ एक पाइलटले भने। अवतरण हुनुभन्दा पहिला कुनै पनि जहाजको स्पिड लिमिट निर्धारण गरिन्छ। तर यस्तो लिमिट कायम नभएपछि पाइलटहरूले सम्हाल्न नसकेको जस्तो देखिन्छ।

main overbank.jpg

‘प्रक्षेपण गरिएकोभन्दा कम स्पिड भएपछि जहाज ‘ओभरब्याङ्‍किङ’ भएर बढी हल्लिएको छ। जहाजमा यात्रु, तापक्रम र तेलको लोड अनुसार जहाज निर्माता कम्पनीले दिएको स्पिडभन्दा कम भएपछि जहाज सिधा भुँइमा बजारिन्छ। ‘जहाजमा स्पिड कम भएपछि पखेटामा हावा कम भएर जहाज सिधा बजारिएको छ,’ एक पाइलटले भने।

पाइलटहरुका अनुसार बायाँतर्फबाट जहाज कन्ट्रोलभन्दा बाहिर गएर अवतरणमा समस्या आएपछि क्याप्टेन र पाइलटले जहाज ह्यान्डल गर्ने प्रयास गरेको देखिन्छ। तर अन्तिम समय भइसकेकाले नियन्त्रण गुमेर जहाज दुर्घटना भएको आशंका गरिएको एक वरिष्ठ पाइलटले बताए।  केदार दाहाल बिजेनश न्यूजबाट

यो पनि पढ्नुहोस्

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती : कारण, प्रभाव र समाधानका सम्भावना

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती : कारण, प्रभाव र समाधानका सम्भावना

२ मिनेट अगाडि
न्युनतम सुविधा सबै मतदान स्थलमा अझै व्यवस्थापन भएन

न्युनतम सुविधा सबै मतदान स्थलमा अझै व्यवस्थापन भएन

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

 पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक