बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चोभार सुख्खा बन्दरगाह पर्किङ र गोदामस्थलमा परिणत

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पर्याप्त अध्ययन र आवश्यकताको वास्तविक पुष्ट्याइँ विना पूर्वाधार निर्माण गर्दा तयार भएका संरचना कसरी बेकामे बन्छन् भन्ने गतिलो उदाहरण बनेको छ राजधानी चोभारमा बनेको चोभार सुख्खा बन्दरगाह ।  नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्ने र राजधानीमै बन्दरगाह बन्दा सरकार र व्यवसायीलाई सहज हुने पूर्वानुमानमा बनाइएको यो पूर्वाधार तयार भएको करिव वर्षदिनमै बन्दरगाहका रुपमा उपयोग हुन नसक्ने निष्कर्षमा सरकार पुगेको छ ।

आयात निर्यात व्यापारको करिव ४० प्रतिशत हिस्सा काठमाडौं उपत्यका केन्द्रित हुने भएकाले यो बन्दरगाह चल्छ भन्ने आँकलन सरकारी पक्षको थियो । तर चल्छ भन्ने आँकलन गर्दै गर्दा चुनौति के आउन सक्छन् भन्ने पक्षमा पर्याप्त ध्यान नदिँदा राज्यको लगानी खेर जाने अवस्थामा पुगेको हो । विश्व बैंकसँग १ अर्ब ५४ करोड रुपैयाँ ऋण लिएरै बनाइएको यो संरचना निर्माण भएको १ वर्षसम्म त सञ्चालनमै ल्याउन सकिएन ।  

चोभार बन्दरगाह चलेन, अवस्था बन्द जस्तै

गत चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यो बन्दरगाह उद्घाटन गरियो तर व्यवसायीले भने यो पूर्वाधार प्रयोग झन्झटिलो र अनुपयुक्त मात्र होइन रिस्की पनि मानेका थिए । आयात निर्यात व्यवसायीले तत्कालीन उद्योगमन्त्री दिलेन्द्र बढु समेतलाई समस्या अवगत गराएका थिए । व्यवसायीले खास गरी सामान लोड गरी नेपाल भित्रिएपछि चोभार आइपुग्दा बीचमा ट्रक तथा कन्टेनरमा हुन सक्ने क्षतिको रक्षावरण कसले गर्ने भन्नेमै सुनिश्चित भएनन् ।  आयातकर्ताले पनि यो बन्दरगाह प्रयोग गर्दा खासै लाभ पनि देखेनन् ।

अझ मुख्य कुरा त अन्तरराष्ट्रिय व्यापार प्रणालीमा यो बन्दरगाह दर्ता नै हुन सकेको छैन जसले गर्दा निर्यातकर्ता विदेशीले पनि सिमा नाका भन्दा यताको ढुवानीको रक्षावरण गर्न सकेनन् । सीआइएफ (कस्ट इन्स्योरेन्स र फ्राइट) बेगर सिमान देखि काठमाडौं सम्म ढुवानी गर्ने जोखिम व्यहोर्न व्यवसायीले चाहने कुरै भएन । फलस्वरुप यो बन्दरगाह असफल आयोजनाका रुपमा स्थापित भएको छ ।

तथ्याङ्क अनुसार गत वर्ष चैत २२ गतेदेखि औपचारिक  सञ्चालनमा आएको सो बन्दरगाहबाट करिव १० महिनाको यो अवधिसम्म ८० वटा मात्रै कन्टेनर आए भने चार कन्टेनर सामान मात्र निर्यात भए । जसले आयात निर्यात गरे उनीहरूले पुनः यो बन्दरगाह प्रयोग गरे पुनः प्रयोग गर्न चाहेनन् ।

पूर्वाधारको उपयोगिताका लागि नीतिगत तथा अन्य सहजीकरण गर्नुपर्नेमा सञ्चालनको जिम्मेवारी पाएको नेपाल यातायात इन्टर मोडेल विकास समितिले तेस्रो मुलुकसँग हुने आयात निर्यातका लागि मात्र यो पूर्वाधार प्रयोग गर्ने नीति लियो । लेटर अफ क्रेडिट(एलसी)बाट हुने आयात निर्यातलाई मात्र यसले अनुमति दियो टेलिग्राफिक ट्रान्सफर (टीटी) मार्फत हुने आयात निर्यात भुक्तानीलाई स्वीकार गरिएन ।  यसबाहेक काठमाडौं निजगढ दु्रत मार्ग नबनेकाले पनि यो बन्दरगाह स्थल उपयोग गर्न व्यवसायीलाई असहज भएको हो ।

विरगञ्जमा सुख्खा वन्दरगाह सञ्चालनमा राम्रो सफलता पाएको इन्टरमोडेलले  चोभारमा असफलता पाए पछि यो पूर्वाधारलाई बैकल्पिक रुपमा अव पार्किङस्थल र गोदामगृहका रुपमा प्रयोग गराउने सोच राखेको जनाएको छ ।  समितिका कार्यकारी निर्देशक आशिष गजुुरेलका अनुसार अब एक सातामा पार्किङ गोदाम र सामान प्याकेजिङ गर्ने स्थानका रुपमा ‘लजिस्टिक हब’सञ्चालन हुनेछ । अव ट्रक व्यवसायीले पाकिङ गर्ने व्यवसायीले गोदामघर तथा प्याकेजिङ गर्ने स्थानका रुपमा यो पूर्वाधार प्रयोग हुनेछ । समितिले अहिले यसको भाडादर निर्धारण गर्दैछ । एक करोड रुपियाँ खर्चेर यसअनुसारका पूर्वाधार पनि बनाइसकिएको छ ।

बन्दरगाहभित्र रहेको २६० रोपनी जग्गामध्येमा ९० रोपनी जग्गामा १५० देखि दुुई सयवटा ट्रक पार्किङ गरिनेछ । यस्तै १२ हजार स्क्वायर फुुट गोदाम र लोड/अनलोड गर्ने ठाउँमा प्याकेजिङ स्थल बनाउने गरी पूर्वाधार रुपान्तरण गरिएको छ ।

यो पनि पढ्नुहोस्

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

१ घण्टा अगाडि
आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

विभिन्न स्थानमा हिमपातको जोखिम

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक