रूपन्देही ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मर्चवारी गाउँपालिका-४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।