काठमाडौं । कथानक चलचित्र ‘प्रसाद २’को छायांकन ३१ दिनमा सकिएको छ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई कास्कीको माछापुछ्रे गाउँपालिकामा खिचिएको हो। एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमासुदर्शन बस्नेतको लगानी छ।
चलचित्रका कार्यकारी निर्माता सुवास थापा हुन्। चलचित्रमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रमा विपीन र केकीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको मुख्य भूमिका छ। चलचित्रमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ।
उत्तम न्यौपानेको ध्वनि रहेको चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन्।
चलचित्र विसं २०८० सालको वैशाख १ गतेबाट रिलिज गर्ने तय भएको निर्देशक सुदर्शन थापाले जानकारी दिए।