बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जनताले दबाब नदिने हो भने कुनै आयोजनाको उद्घाटन गर्न जान्न : प्रधानमन्त्री प्रचण्ड

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनताले दबाब नदिने हो भने कुनै आयोजनाको उद्घाटन गर्न जान्न : प्रधानमन्त्री प्रचण्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेवा प्रवाहमा टाइम कार्ड लगाउने कुरा, अनुगमनमा जाँदा निर्देशन दिएका कुरा कार्यान्वयनमा लैजाने बेला आएको बताएका छन् । शनिवार सरकारी निवास बालुवाटारमा केही अनलाइन मिडियाका सम्पादकहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सेवा प्रवाह दिएर परिवर्तन दिने योजनामा रहेको जनाए । उनले छिट्टै मन्त्रीपरिषदलाई पूर्णता दिने काममा लागिपरेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने– ‘सरकारलाई पूर्णता दिन अप्ठेरो भएको हैन, ७ पार्टीसँग छलफल गर्न समय लागेको हो त्यहाँ विवाद भएको हैन । सोमबार पूर्ण मन्त्रीपरिषदको बैठक बस्ने तयारी छ । आज बिहान पनि एमाले अध्यक्ष ओलीसँग मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको छ । मन्त्रिपरिषद विस्तारका लागि सहमति नजिक पुगेका छौँ ।’

अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मुद्धाहरुलाई सहमतिमा लिएर जान सकियो भने ऐतिहासिक सफलता हुने प्रचण्डले विश्वास ब्यक्त गरे । माघ ३ गतेपछिबाट धेरै कुरामा प्रगति हुँदै जाने उनले जनाए  ।  उनले आफ्नो कार्यकालमा उद्घाटनमा कम समय दिनपरे हुन्थ्यो भन्ने चाहना ब्यक्त गरे । प्रधानमन्त्रीले भने– ‘मान्छेहरुले दवाव नदिने हो भने उद्घाटन गर्न जान्न, उद्घाटन गर्न गइदिनुपर्यो भनेर धर्ना नै दिएपछि बाध्य भएर जानुपर्ने हुन्छ । राती उद्घाटन गर्ने भनेर पनि तपाइँहरुले सुझाव दिनुभयो, यहीँबाट उद्घाटन गर्ने डिजिटल रुपमा भन्ने सुझाव पनि दिनुभयो त्यस्तो कुनै वैकल्पिक तरिका हुन्छ कि त्यसबारेमा पनि सोच्छु । उद्घाटन नगर्नु नै मलाई ठीक लागेको छ । दैनिक उद्घाटनमा गएर समय नष्ट गर्नुभन्दा यहीँ बसेर काम गर्न पाए धेरै काम गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको हो ।’
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले विश्वासको मतका लागि भोट हाल्ला भन्ने कल्पना नगरेको जनाए । कांग्रेस प्रतिपक्षमा जाने निश्चित नै भएपनि अहिले विश्वासको मत हालेपछि आफ्नो जिम्मेवारी बढेको उनले जनाए । उनले भने– ‘अब सभामुखमा के गर्ने, उपसभामुखमा के गर्ने, राष्ट्रपतिमा के गर्ने त्यसमा भोट हाल्नुहुन्छ कि हुँदैन भनेर सोध्ने मेरो कर्तब्य पनि हुन आयो, जिम्मेवारी पनि हुन आयो ।  नयाँ परिदृश्य बनिसकेपछि अब ५ गते सभामुखको निर्वाचन छ त्यसका लागि पनि किन सहकार्य नगर्ने भन्ने प्रश्न पनि उठेको छ । त्यसबारेमा यो बारेमा मलाई बढी बोल्न नलगाउनुहोला परिस्थिति बिग्रेला भन्ने मलाई पनि डर हुन्छ ।’
उनले मन्त्रिपरिषदको पहिलो बैठकमा जति पनि निर्णयहरु गरिएको छ ती सबै अर्थतन्त्रलाई सुधार गर्ने उदेश्यले गरिएका निर्णयहरु भएको बताए । त्यसमा मितब्ययिताका कुराहरु देखि निजी र सार्वजनिक साझेदारीसम्मका कुराहरु, सेवा प्रवाहको लाइन घटाउनेदेखि अर्थतन्त्रलाई कसरी सहजीकरण गर्ने सम्बन्धी नै निर्णयहरु भएको उल्लेख गरे ।  उनले भने– ‘विगतमा राष्ट्र बैंक र अर्थमन्त्रालयका बीचमा कहिँ न कहिँ बिवाद देखापर्यो, त्यसले पनि सहज रुपमा अर्थतन्त्रलाई अगाडि बढाउन अप्ठेरो परिस्थिति बनेको हो । मैले तुरुन्तै अर्थमन्त्री र गर्भनरलाई यहीँ बालुवाटार बोलाएर अब नयाँ सरकार आएपछि यो स्थिति रहनुहुँदैन भनेर भनिसकेको छु । एकातिर उद्योगी ब्यवसायीहरु आन्दोलन जस्तोमा छन् । ब्याजदरको कारणले हामी त बर्वाद भयौँ भन्ने छ । अर्कोतिर आर्थिक संकुचनको समस्या छ । यसलाई समाधान गर्नका लागि साढे २ बर्ष समय दिने भनेपछि निजी क्षेत्रमा, आर्थिक क्षेत्रमा आशा जागेको छ ।’
उनले पेट्रोलियम पदार्थको मूल्य घटाउन लगाएको बताउँदै अझै घटाउन चाहेको तर आयल निगमको घाटाका कारण नसकेको बताए ।  उनले भने– ‘मलाई त अझै धेरै घटाउन मन लागेको थियो फेरि यता आयल निगमको ऋण पनि छ । रेमिट्यान्स बढेको छ । शेयर मार्केटमा नयाँ सरकार आएपछि उछाल आए पनि अहिले अप डाउनको अवस्था त छँदैछ । यसलाई सकेसम्म स्थिर बनाउने हामीले कोशिस त गरिरहेका छौँ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकालमा राम्रो मान्छेलाई राम्रो ठाउँमा स्थान दिने बताउँदै नियमित रुपमा सिंहदरबार गएर काम गर्ने, सचिवहरुलाई भेट्ने योजना रहेको उल्लेख गरे । उनले को कर्मचारी कस्तो भनेर अहिलेदेखिनै लिस्टिङ गर्न लगाएको बताए । उनले आफूले निर्देशन दिँदा कर्मचारीले धम्की पो दियो कि भन्ने सोच्ने गरेपनि नेपालको कर्मचारीको क्षमता अन्य देशका कर्मचारीको भन्दा कमि नरहेको जनाए ।

उनले भने– ‘राजनीतिक तह, मन्त्री वा प्रधानमन्त्रीबाट कर्मचारीलाई मिलाएर गर भनेर भनेपछि सबै सकिहल्यो नी । उहाँहरुको अनुभव र क्षमताको प्रशंसा गर्दैै म चाहिँ अब त्यसो गर्दिन र गर्नपनि दिन्न । केही समस्या प¥यो भने मलाई भन्नुस, त्यसमा ऐन संशोधन गर्नुपर्ने हो कि के गर्नुपर्ने हो समाधान गर्छु ।’ उनले जनतालाई सेवा प्रवाहमा नतिजा दिनका लागि के गर्न सकिन्छ भनेर सबै कर्मचारी लागिहेको बताउँदै दैनिक सिंहदरबार जाँदाखेरी कर्मचारीबाट धेरै काम हुन्छ भन्ने अनुभव भएको उल्लेख गरे ।

यो पनि पढ्नुहोस्

अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे

अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे

१२ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजार झिनो अंक ०.९४ ले बढ्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

विभिन्न स्थानमा हिमपातको जोखिम

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक