अंग्रेजी नयाँ वर्षको सुरुवातदेखि जनकपुरधामका होटेल तथा लज भरिभराउ छन्। भारतको विभिन्न स्थानबाट दर्जर्नौ गाडीमा भारतीय पर्यटक आउँदा यहाँको धर्मशाला तथा होटेल र लजहरू भरिभराउ भएका हुन्।
मधेस प्रदेशमा घुम्न आउने पर्यटकको संख्यामा अढाई सय प्रतिशतले वृद्धि भएको छ। आठवटा जिल्ला रहेको मधेस प्रदेशमा आर्थिक वर्ष २०७८र०७९ मा २० हजार ७ सय ३३ जना आएका छन्।
नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन २०७९ का अनुसार गत वर्षको तुलनामा यस वर्ष २५४।५९ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७र०७८ मा भने यस प्रदेशमा पर्यटक आउनेको संख्या ५ हजार ८ सय ४७ मात्र रहेको थियो। गत वर्ष ५७।३५ प्रतिशतले पर्यटक आगमनको संख्यामा ह्रास आएको थियो। समीक्षा वर्षमा पर्यटक आगमन संख्यामा उल्लेखनीय वृद्धि हुनुमा कोभिड—१९ को असर कम हुनु हो।
त्यतिबेला पर्यटक आगमन ठप्प रहेकोमा सोको कोभिडको प्रभाव विस्तारै कम हुँदै गएर पर्यटक आवागमनमा सहजता आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।