जाडोमा अनुहार मात्र होइन पुरै शरीर सुक्खा हुन्छ । जाडोयाममा मानिसहरु विशेषगरी महिलाहरु कुर्कुच्चा एवं पैतला फुट्ने समस्याले निकै ग्रसित हुन्छन् ।
कतिपयको कुर्कुच्चाबाट रगतसम्म बग्न थाल्छ । त्यसले धेरै पीडा पनि दिने गर्दछ । यस्तो अवस्थामा तपाईंले केही घरेलु उपाय अपनाउनुपर्छ, जसले यो समस्यालाई जरैदेखि समाप्त सहयोग गर्छ । त्यसैले आउनुहोस् जानौं फाटेको पैतला ठिक गर्ने घरेलु तरिकाहरू जानौँ
यदि तपाईं आफ्नो फुटेको पैतलाबाट छुटकारा पाउन चाहनुहुन्छ भने रगड्नु धेरै महत्त्वपूर्ण छ । त्यसका लागि चिनी, मह र कागतीको प्रयोग गर्नुहोस् । यसले तपाईको कुर्कुच्चाबाट मृत कोशिकाहरू हटाउन सहयोग गर्छ ।
फुटेको खुट्टाबाट छुटकारा पाउन मोम पनि धेरै प्रभावकारी हुन्छ । मोममा दुई थोपा तेल मिसाएर राती मोजा लगाएर बिहान सफा गर्दा धेरै सहयोग पुग्छ । त्यसो गर्दा च्यातिएको कुर्कुच्चा बिस्तारै निको हुन थाल्छ ।
चामलको पिठो पनि खुट्टा फुट्ने समस्याबाट राहत दिन धेरै प्रभावकारी हुन्छ । २ चम्चा चामलको पिठो लिनुहोस्, त्यसपछि १ चम्चा मह, ३ देखि ४ थोपा स्याउको भिनेगर (सिरका) र ओलिभ वा नरिवलको तेल मिसाएर राम्रोसँग मालिस गर्नुहोस् ।
भ्यासेलिन पनि फुटेको कुर्कुच्चाबाट छुटकारा दिलाउनका लागि प्रभावकारी हुन्छ । तपाईंले सुत्नु अघि यसलाई लगाउनुपर्छ । यसबाट तपाईंले चाँडै राहत पाउनुहुनेछ ।
यसका साथै कुर्कुच्चा फुट्ने समस्याबाट छुटकारा पाउन तातोपानीमा खुट्टा राखेर बस्नुहोस्, त्यसपछि पैतलालाई प्युमिस (कुस्र्न) ढुंगाले घोटेर सफा गर्नुहोस्, अनि बदामको तेल वा नरिवलको तेल तताएर कुर्कुच्चामा लगाउनुहोस् ।
नोट : यो जानकारी सल्लाहसहित सामान्य जानकारी मात्र हो । यो कुनै पनि हिसाबले योग्य चिकित्साको विकल्प होइन । थप विवरणहरूको लागि सधैं एक विशेषज्ञ वा तपाईंको डाक्टरसँग परामर्श गर्नुहोस् ।