आइत, भदौ २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपालमा तीव्र गतिमा इसाई धर्मावलम्बीहरूको बढिरहेको सङ्ख्या :नेपालमा ७,७५८ चर्च र ५ लाख ४५ हजार कृश्चियन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा तीव्र गतिमा इसाई धर्मावलम्बीहरूको  बढिरहेको सङ्ख्या :नेपालमा ७,७५८ चर्च र ५ लाख ४५ हजार कृश्चियन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ – नेपालमा मानिसलाई एकबाट अर्को धर्ममा जबरजस्ती परिवर्तन गर्न लगाउनु गैर कानुनी काम हो, तर केही धर्म प्रचारकहरू इसाई आस्था फैलाएर मुद्दा लाग्न सक्ने खतरा मोल्न समेत इच्छुक छन्।

“येशुको जीत होस्,” हिमालको फेदमा रहेको झार्लाङ्ग गाउँमा एउटा नयाँ चर्चको उद्घाटन गर्दा एकजना कोरियाली पास्टर पाङ्ग चाङ्ग-इन्‌ले भावविभोर भएर आँसु खसाले।

हालसालै धर्म परिवर्तन गरेकाहरूको त्यो समूहले आफ्नो हात उठाएर प्रार्थना गरे।

त्यसरी धर्म परिवर्तन गर्नेहरू धेरैजसो आदिवासी तामाङ समुदायका छन् जुन समुदायले विगतमा बोन धर्म मान्ने गर्दथे । नेपालमा बोन धर्म बुद्ध धर्मको आगमनभन्दाअघिदेखि रहेको ठानिन्छ।

पाङ्गको नजरमा तामाङ समुदाय “आर्थिक र आध्यात्मिक रूपमा गरिब” छ।
“त्यसैले, एउटा चमत्कार हुन्छ र पूरै गाउँले धर्म परिवर्तन गर्छ,” उनले भने।

धर्म प्रचारक मिसनरीहरू, धेरैजसो पाङजस्तै दक्षिण कोरियाली प्रचारकहरूले बुद्धको जन्मभूमि र पूर्व हिन्दू अधिराज्य नेपालमा विश्वमै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको इसाई समुदाय निर्माण गर्न मद्दत गरेका छन्।

नेपालमा इसाई धर्मावलम्बीहरूको तीव्र गतिमा बढिरहेको सङ्ख्यामा मुख्यतः परम्परागत हिन्दू वर्णाश्रम जात व्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिसहरू वा आदिवासी जनजाति समुदायका मानिसहरू छन्। पाङ्गले भने जस्तै उनीहरूले चमत्कारमा विश्वास गरेका पनि हुन सक्छन्, तर धर्म परिवर्तन गरेपछि त्यसले उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने मौका पनि प्रदान गर्दछ।

इसाई धर्म प्रचारकको रूपमा नेपालमा बिताएको दुई दशक लामो समयमा पाङ्गले आफ्नो रेखदेखमा झन्डै ७० वटा चर्चहरू स्थापना गरेका छन्। त्यसरी बनेका धेरैजसो चर्चहरू राजधानी काठमाण्डूबाट दुई घण्टाजति टाढा उत्तर पश्चिममा अवस्थित धादिङ जिल्लामा रहेका छन्। उनका अनुसार जग्गा त्यहाँको समुदायले दिन्छ भने कोरियाली चर्चहरूले निर्माण कार्यका लागि पैसा दिएर मद्दत गर्छन्।

पाङ्ग दाबी गर्छन्, “झन्डै सबैजसो पहाडी उपत्यकाहरूमा चर्चहरू बनिरहेका छन्।”
त्यो केही बढाइचढाइ गरेर गरिएको दाबी हुनसक्छ तर हालैका वर्षहरूमा नेपालभरि चर्चहरूको सङ्ख्यामा ठूलो वृद्धि भएकोमा कुनै शङ्का छैन। इसाई समुदायको राष्ट्रिय सर्वेक्षणको पछिल्लो तथ्याङ्कले अझै पनि उल्लेख्य रूपमा बहुसङ्ख्यक हिन्दूहरू रहेको नेपालमा ७,७५८ चर्चहरू रहेको देखाएको छ।

र यस्तो रूपान्तरणका पछाडि धेरै हदसम्म दक्षिण कोरियाली धर्म प्रचारकहरूको हात रहेको छ। केही दशकअघि मात्रै धर्म प्रचारकहरू विदेशमा खटाउन सुरु गरेको भए पनि दक्षिण कोरिया अहिले इसाई धर्म प्रचारकहरू परिचालन गर्ने विश्वकै सबैभन्दा ठूला देशहरू मध्येमा एक बन्न पुगेको छ।

कोरियाली वर्ल्ड मिसन एसोसिएशनका अनुसार कोरियाका त्यस्ता २२ हजारभन्दा बढी इसाई धर्म प्रचारकहरू देशबाहिर रहेका छन्।

धर्म परिवर्तन गरेर आफूले पुनर्जन्म प्राप्त गरेको भन्ने उत्साहबाट प्रेरित कोरियाली धर्म प्रचारक, मिसनरी, हरू धर्म परिवर्तनका निम्ति निकै गाह्रो ठानिँदै आएका संसारका विभिन्न स्थानहरूमा समेत आक्रामक रूपमा प्रवेश गर्नेहरू भनी परिचित हुन थालेका छन् जुन क्रममा कतिपय स्थानबाट तिनीहरूलाई निष्कासन समेत गर्ने गरिएको छ।

नेपाल अहिले धर्म निरपेक्ष राज्य हो, र सन् २०१५ मा बनेको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ। यद्यपि सन् २०१८ मा लागु गरिएको धर्म परिवर्तन गराउने विरुद्धको कानुनले कसैलाई उसको धार्मिक आस्था परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर हुनेलाई पाँच वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ।

“धर्म परिवर्तन गराउने विरुद्धको कानुनका कारण हामी सधैँ चिन्ता र त्रासमा काम गरिरहेका हुन्छौँ ,” पाङ्गकी श्रीमती ली जियोङ्ग-हीले भनिन्।

“तर यो डरका कारण हामी इसाई धर्मको उपदेश फैलाउन रोक्न सक्दैनौँ। हामी आत्माहरूको उद्धार गर्ने कार्यलाई रोक्ने छैनौँ।”

यी दम्पती पहिला ब्याङ्कमा काम गर्थे। ” पहिले मेरा श्रीमान्‌ले नै ईश्वरको आदेश प्राप्त गर्नु भएको हो र त्यसको छोटो समयपछि ईश्वरले हामीलाई नेपालतर्फ जाने बाटोमा पठाइदिनुभयो,” ली जियोङ्ग-हीले भनिन्।

उनीहरू सन् २००३मा पहिलो पटक नेपाल आउँदा नेपालमा हिन्दू शाही परिवार गद्दीनसीन नै थियो। “यहाँ थुप्रै मूर्तिहरूको पूजा भइरहेको देखेर स्तब्ध भएको थिएँ,” पाङ्ग भन्छन्। “मलाई लाग्यो नेपालमा येशुको उपदेशको एकदमै चर्को आवश्यकता छ।”

उनीहरू आएको पाँच वर्षपछि नेपालमा २४० वर्ष पुरानो राजतन्त्र ढल्यो। एक दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य गर्दै माओवादी विद्रोहीहरूले हतियार बिसाए र उनीहरू सरकारमा आए।

त्यसको केही अघि मात्रै नेपालको संसद्‌ले देशलाई धर्म निरपेक्ष घोषणा गरिसकेको थियो।

“यसले मिसनरी कामका लागि स्वर्ण युगको थालनी गर्‍यो,” पाङ्ग भन्छन्।

यो पनि पढ्नुहोस्

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने

२ घण्टा अगाडि
बिहिबार १३२ केभीएका तीन वटा प्रसारण लाइनको उद्घाटन हुने

५० मेगावाटको जलविद्युत् उत्पादन हुने

२ घण्टा अगाडि

नेपालमा अहिले रहेका करिब ३०० कोरियाली धर्म प्रचारक परिवारमध्ये उनी र उनकी श्रीमती पनि हुन्।

काठमाण्डू उपत्यकामा रहेको कोरियाली इसाई समुदाय मुख्यत: ललितपुरको भैँसेपाटीस्थित कोरियाली चर्च वरपर छरिएर रहेको छ।

त्यसो कुनै पनि धार्मिक समूह औपचारिक रूपमा इसाई धर्म प्रचारक भएर नेपाल बसिरहेका होइनन्। उनीहरूसँग या त व्यवसायीको रूपमा वा विद्यार्थीको रूपमा यहाँ बसोबास गर्ने राहदानी छ। केहीले रेस्टुरेन्ट चलाउँछन् भने केहीका दर्ता भएका परोपकारी संस्था छन्।

हामीले केही हप्ता कोरियाली प्रचारक समुदायसँग समय बितायौँ। त्यस क्रममा हामीसँग खुला रूपमा बोल्न इच्छा देखाउने पाङ्ग र उनकी पत्नी मात्रै थिए। “परमेश्वरले नेपालमा के गरिरहेका छन् भन्ने कुरा अरूलाई सुनाउन म खुला छु,” पाङ्गले भने।

आफूहरूको कामले कानुनको उल्लङ्घन गरेको भन्ने उनलाई लाग्दैन किनभने उनको मनमा उनीहरूले खुला रूपमा धर्म परिवर्तन गराएको वा बाप्टाइज गराएको भन्ने लाग्दैन।

“हामीले गरिरहेको धर्म प्रचारको काम केवल हामीबारे मात्रै होइन। परमेश्वरले यो काम गरिरहेका छन्। नेपालमा चमत्कारहरू गर्न कसरी परमेश्वरले हाम्रो माध्यमबाट काम गर्छन् भनेर हामीलाई देखाउन मन छ,” उनले भने।
नेपालमा इसाई समुदाय देशको कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम छ र पछिल्लो जनगणनाको तथ्याङ्कले त्यस्तो सङ्ख्यामा वृद्धि भइरहेको देखाउँछ। सोही तथ्याङ्कका अनुसार नेपालमा हिन्दू करिब ८० प्रतिशत छन् भने बौद्धमार्गी करिब ९ प्रतिशत छन्।

सन् १९५१ को तथ्याङ्कमा नेपालमा इसाई धर्मावलम्बी एकजना पनि थिएनन् भने सन् १९६१ मा त्यस्तो सङ्ख्या जम्मा ४५८ जनाको थियो। तर सन् २०११ सम्ममा आइपुग्दा त्यो करिब ३ लाख ७६ हजार पुग्यो भने अहिले त्यो सङ्ख्या करिब ५ लाख ४५ हजार रहेको पछिल्लो जनगणनाले अनुमान गरेको छ।

“यो जङ्गलमा डढेलो जसरी फैलिरहेको छ। हाम्रो सांस्कृतिक पहिचान धरापमा परेको छ। राष्ट्रिय एकताको सूत्र दाउमा छ,” नेपालका एकजना पूर्व उपप्रधानमन्त्री कमल थापाले दाबी गरेका छन्।

उनी कोरियाली धर्म प्रचारको कामलाई “देशको सांस्कृतिक पहिचानमाथिको सङ्गठित हमला” को रूपमा हेर्छन्।

“मिसनरीहरूले पर्दापछाडि बसेर काम गरिरहेका छन् र गरिब र सिधासादा मानिसहरूलाई शोषण गरिरहेका छन् अनि इसाई धर्ममा परिवर्तित हुन प्रोत्साहन गरिरहेका छन्। यो धार्मिक स्वतन्त्रताको अवस्था होइन। यो धर्मको नाममा गरिएको शोषण हो,” उनले भने।

उनले नेपाल पुनः हिन्दू राष्ट्र हुनुपर्ने वकालत गर्दै आएका छन्। उनले धर्म परिवर्तन विरोधी कानुनको पनि समर्थन गरेका थिए र उनी उक्त कानुन कार्यान्वयनमा भएको हेर्न चाहन्छन्।

हाल उक्त कानुन अन्तर्गत मुद्दा लागेकाहरू इसाईहरूमात्रै छन् तर अहिलेसम्म कोही पनि दोषी ठहर भएका छैनन्। त्यस्ता मुद्दाहरू या त प्रमाणको अभावका कारण फिर्ता भएका छन् वा पुनरावेदनमा जाँदा अभियुक्तहरूले सफाइ पाएका छन्।

नेपाल इसाई समाजका अनुसार अहिले त्यस्ता प्रकार ५ वटा मुद्दाहरू अदालतमा विचाराधीन छन्। दुई महिलासहित चार कोरियालीविरुद्धको मुद्दा गत डिसेम्बरमा फिर्ता भएको थियो।

नेपाल क्रिस्चियन सोसाइटीका प्रमुख पास्टर डिल्लीराम पौडेल त्यस्तो कानुनअन्तर्गत सोधपुछ गरिएकामध्ये पहिला व्यक्तिहरूमा पर्दछन्। सन् २०१८ को एप्रिलमा उनीमाथि धर्म परिवर्तन गर्न उनले मानिसहरूलाई पैसा दिएको भनी आरोप लागेको थियो। तर उनले त्यसलाई अस्वीकार गर्छन्। उनी विरुद्धको आरोप पछि फिर्ता लिइयो।

“हामीमाथि मानिसहरूलाई धर्म परिवर्तन गराएको आरोप लाग्छ, तर त्यस्तो शक्ति हाम्रो हातमा हुँदैन,” उनले भने।

“यदि हुन्थ्यो भने मैले मेरी आमाको धर्म परिवर्तन गराउन सक्ने थिएँ। उहाँ अहिले ९२ वर्षकी हुनुभयो, म उहाँलाई पैसा दिन सक्छु। म उहाँका लागि प्रार्थना गर्नसक्छु तर उहाँको धर्म परिवर्तन गराउन सक्दिनँ किनभने त्यो त जीससबाटै आउनुपर्ने हो।”

उनी कट्टर हिन्दु परिवारका हुन् र “२१ पुस्तादेखि” उनको बाबुबाजे हिन्दू पण्डित थिए। उनी २०/२२ वर्षको हुँदा पढ्नका लागि दक्षिण कोरिया गएका थिए र त्यहीँ उनले इसाई धर्मसँग परिचित हुने मौका पाए।

“म एक्लै थिएँ, मेरा कोही साथी बनिसकेका थिएनन्,” उनले सम्झिए, ” त्यस बेला केही मानिसले मलाई नेपाली भाषामा भएको कोरियाली बाइबल दिए, उनीहरूले कतैबाट नेपाली भाषाको बाइबल फेला पारेका थिए।” त्यो बाइबल उनले एकै रातमा पढे र ” मैले मेरो सृष्टिकर्तालाई फेला पारेँ।”

”
“यो हास्यास्पद र अविश्वसनीय लाग्छ?” हो मलाई त्यस्तै भएको थियो,” उनले मुस्कुराउँदै भने।

जब उनी नेपाल फर्किए उनको परिवारले उनीमाथि राम्रो व्यवहार गरेन। “उनीहरूले इसाई विदेशी धर्म हो भने। केही मानिसले म बौलाएँ भने र मेरो होस गुम भएको बताए,” उनले सम्झिए।

उनको परिवार र समुदायले उनलाई स्वीकार गर्न निकै समय लाग्यो।

प्रत्येक वर्ष करिब दुई हजार नेपाली विद्यार्थी पढ्नका लागि कोरियामा जाने गर्छन्। नेपालमा रहेका एक कोरियाली प्रचारक (जसले नाम उल्लेख नगर्ने गर्ने सर्तमा बोलेका थिए) भन्छन् तिनीहरू कोरियास्थित स्थानीय चर्चहरूसँग सम्पर्क गर्ने प्रयास गर्छन्।

“नेपालमा इसाई धर्मको प्रचार गर्ने काम निकै चुनौतीपूर्ण छ। त्यसैले हामीसँग वैकल्पिक तरिकाहरू छन्,” उनले भने। “हाम्रो उद्देश्य भनेको धेरै भन्दा धेरै आत्माहरूलाई परिवर्तन गर्न सक्नु हो। युवा हुँदा हिन्दु पुजारी रहेका डिल्ली राम पौडेल त परिवर्तन हुनसके भने हामीले गर्न सक्छौँ, त्यसैले यो काम हामीले गोप्य रूपमा रहेरै गर्नुपर्छ।”

पाङ्ग र उनकी पत्नीले काठमाण्डूमा सेमिनरी (धर्मबारे पढाइ हुने स्थान) विद्यालय चलाउँछन्। त्यहाँ करिब ५० विद्यार्थीहरू अहिले अध्ययनरत छन्। उनीहरूको शिक्षा, खानपिन र बसोबासको धेरैजसो खर्च कोरियाली चर्चका दाताहरूले नै बेहोर्छन्।

उनीहरूका विद्यार्थीमध्ये एक २२ वर्षीय सपना तामाङ पनि हुन् जो दुर्गम सिनगांगको तामाङ गाउँकी हुन्।

उनले भनिन्, “मेरो बुवा चर्च जानेहरूलाई घृणा गर्नुहुन्थ्यो किनभने आफ्नो परम्परा बिर्सन हुँदैन भन्नेमा उहाँ विश्वास गर्नुहुन्थ्यो।”

उनले इसाई धर्मबारे आफ्ना काकाबाट थाहा पाएकी हुन् जुनबेला उनी अत्यन्तै बिरामी थिइन्।

उनले आफू इसाई भएपछि आफ्नो रोग सन्चो भएको दाबी गरिन्।

“म येशुका लागि बाँच्न चाहन्थेँ। अन्तत: कसले मलाई माया गर्दो रहेछ भन्ने मैले थाहा पाएँ,” उनले भनिन्।

उनको जस्तो दुर्गम गाउँहरू पाङ्गजस्ता कोरियाली प्रचारकका लागि नयाँ मोर्चाहरू हुन्।

“सहरमा धर्म परिवर्तन गराउने विरुद्धको कानुनबारे सबैलाई थाहा हुन्छ। सहरभन्दा टाढा भने कमैको ध्यान पुगिरहेको हुन्छ,” पाङ्गले भने।

सपनाले गत वर्ष सेमिनरीको पढाइ पूरा गरिन्। अब उनको योजना पहाडमा रहेको आफ्नो गाउँमा फर्किने र “बिस्तारै युवाहरूलाई चर्चको हिस्सा बनाउने” रहेको छ।

येशुको उपदेश फैलाउँदा त्यसको “विद्यमान धर्म र संस्कृतिसँग द्वन्द्व हुने” पाङ्ग चाङ्ग-इन् स्विकार्छन्। तर उनको विचारमा ” त्यस्तो खाले सांस्कृतिक झट्का त हुन्छ हुन्छ जुन टारेर टर्दैन।” – बिबिसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२६ नेपाल भव्य रूपमा सम्पन्न

पार्टी एकताका लागि पद त्याग्न तयार

एसिसी प्रिमियर कपमा नेपालले साउदीविरुद्ध बलिङ राेज्याे

५० मेगावाटको जलविद्युत् उत्पादन हुने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक