बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

धान उत्पादन घट्यो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
धान उत्पादन घट्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार यसपालि तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्ष चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उब्जाउ क्षेत्र पनि घटेको पाइएको छ । अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको थियो ।

अन्य प्रदेशको तुलनामा यहाँ धानको उत्पादन र क्षेत्रफल दुवै घटेको तथ्याङ्कले देखाउँछ । देशभर समग्रमा धान उत्पादन बढ्दा गण्डकी प्रदेशमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिँदा उत्पादन घटेको प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।

“खेतीयोग्य जग्गामा बजारीकरण तीव्र छ, जग्गा बाँझिने क्रम पनि उस्तै छ, उत्पादन घट्नुको मुख्य कारण यही हो”, उहाँले भन्नुभयो, “प्लटिङले गर्दा कति उब्जाउ जमिन नासियो, कति ठाउँमा सडक बन्यो, यसको यकिन तथ्याङ्क भने हामीसँग छैन ।” प्रमुख रेग्मीले हेर्दाहेर्दै धान फल्ने ठूल्ठूला फाँट बस्तीले ढाकेको बताउनुभयो ।

खेती गर्ने जमिनमा धमाधम घर ठड्याउने प्रवृत्तिले देशलाई खाद्यान्नमा झन्  झन् परिनिर्भर बनाउँदै लाने उहाँको भनाइ छ । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने प्रमुख रेग्मीले बताउनुभयो ।

“प्रतिकूल मौसम, मल अभाव, कमसल बीउबिजन जस्ता कारणले पनि उत्पादन घट्छ, सबै प्रदेशमा धान उत्पादन बढ्दा गण्डकीमा घट्नुले हामीलाई पनि सोचनीय बनाएको छ”, उहाँले भन्नुभयो, “हाम्रोतिर उन्नतभन्दा बढी स्थानीय जातकै धान लगाइने हुँदा त्यसले पनि उत्पादनमा कमी ल्याउँछ ।”

यस वर्ष किसानले रोपाइँका बेला रासायनिक मल नपाएको गुनासो गरेका थिए । धानमा फूल खेल्ने समयमा भएको बर्सातले पनि क्षति पु¥याएको थियो । बागलुङ नगरपालिका–३ का अगुवा किसान वैकुण्ठ सापकोटाले १८÷१९ मुरी धान फल्ने खेतबाट यस वर्ष जम्मा १० मुरी धान भित्र्याएको बताउनुभयो ।

त्योबाहेक रोककिरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानलाई सधैँ चुनौती रहेको उहाँको भनाइ छ । “बीउ राम्रो भयो, खेतीले मलदेखि राम्रो स्याहारसुसार पायो भने फल पनि बढी दिन्छ”, सापकोटाले भन्नुभयो, “बीउबिजन, खेतीको सीप र प्रविधिमा राज्यले पनि किसानलाई सघाइरहनुपर्छ ।”

धानको उत्पादकत्व भने यस वर्ष सबै प्रदेशमा बढेको पाइएको छ । गण्डकीमा पनि एक दशमलव ५५ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ । उन्नत जातका बीउबिजनको प्रयोग, खेती प्रणालीमा सुधारजस्ता कारणले उत्पादकत्व बढ्ने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार बागलुङमा यस वर्ष पाँच प्रतिशतले धान उत्पादन घटेको छ । बेमौसमी बर्सातले धान बालीमा क्षति पुग्दा उत्पादन घटेको प्रमुख भट्टराईले बताउनुभयो । गण्डकी प्रदेशमा बागलुङको गलकोट र बलेवा, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार र वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी र मध्यबिन्दु, पर्वतको फलेवासलगायत क्षेत्र बढी धान उत्पादन हुने ठाउँ हुन् ।

यहाँका किसानले राम, सुनौलो सुगन्धा, लोकतन्त्र, खुमल, सुधारिएको जेठोबुढोलगायत स्थानीय जातको धानखेती गर्दै आएका छन् । वर्षे र चैते गरी दुई याममा धानखेती हुने गरेको छ ।

धान कम उत्पादन हुनेमा गण्डकीपछि बागमती प्रदेश छ । बागमतीमा एक दशमलव ४५ प्रतिशतले उत्पादनमा कमी आएको हो । गत वर्ष पाँच लाख सात हजार सात सय ८९ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष घटेर पाँच लाख चार सय ४६ मेट्रिक टनमा सीमित बनेको छ । बाँकी पाँचवटै प्रदेशमा भने धान उत्पादन बढेको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी सूदुरपश्चिम प्रदेशमा ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको छ । सूदुरपश्चिममा गत वर्ष चार लाख ४१ हजार नौ सय १३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष बढेर पाँच लाख ८९ हजार दुई सय २१ पुगेको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशमा एक लाख २९ हजार चार सय ७३ मेट्रिक टन धान फलेको छ । गत वर्षको तुलनामा भने कर्णालीमा पनि यस वर्ष तीन दशमलव ४६ प्रतिशतले धान उत्पादन बढेको हो । गत आवमा जम्मा एक लाख २५ हजार एक सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

देशभरमा कुल ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिक टन धान उत्पादन भएको छ । सो अघिल्लो वर्षको भन्दा छ दशमलव ९४ प्रतिशतले बढी हो । गत वर्ष ५१ लाख ३० हजार छ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

धान उत्पादन बढे पनि खेती हुने क्षेत्र भने दुई प्रतिशतले घटेको पाइएको छ । गत वर्ष १४ लाख ७७ हजार तीन सय ७८ हेक्टर रहेकामा यो वर्ष १४ लाख ४७ हजार सात सय ८९ हेक्टरमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । रासस

यो पनि पढ्नुहोस्

इरानले जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रस्ताव अघि सारे

तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

२७ मिनेट अगाडि
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक